अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’
जब कसैले छोरीमात्रै जन्मेको भन्दै नाक खुम्च्याउँथे, उनका बुबाको जवाफ हुन्थ्यो- ‘म मर्दा रुन आउने यिनै छोरी हुन् ।’ गाउँलेलाई कसिलो जवाफ फर्काउने बुबाको सपना छोरीहरूलाई डाक्टर बनाउने थियो । तर, बिडम्बना छोरी डाक्टर बनेको हेर्नै नपाउने गरी उनको बुबालाई कलिलो उमेरमै दैवले चुड्यो । बुबाको सपना र आमाको हिम्मतले डाक्टर बनेकी हुन् रीता गुरुङ । जो विगत ११ वर्षदेखि तिलगंगा आँखा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै आएकी छन् । अस्पतालको स्थापनाकालदेखि नै काम गर्दै आइरहेकी नेत्ररोग विशेषज्ञ डा.रीता गुरुङले आफूलाई अब्बल व्यस्थापकको रूपमा पनि स्थापित गरेकी छन् । उमेरले ६७ वर्षको भइन् उनी । काम गर्ने जोश, जाँगर र आँट भने अझै जवानीको जस्तै छ । काम गर्ने हुटहुटी उस्तै छ । विभिन्न जिल्लामा सञ्चालन भइरहेका क्याम्पमा पनि उनी पुग्छिन् । केही दिनअघि मात्र उनी सिन्धुलीमा आँखा शिविर सञ्चालन गरेर फर्किइन् । ओरालो लागेको उमेरसँग भन्दा उनलाई अस्पताललाई कसरी अझै योभन्दा राम्रो बनाउन सकिन्छ भन्ने चिन्ता छ । अस्पतालको व्यवस्थापनसँगै बिरामीको उपचारमा पनि दिनरात खट्छिन् । डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । आँखाको अपरेसन गरेर ज्योती फर्काउनु उनको काम हो । उनले कामको सेडुल बनाएकी छन् । उनी हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेसन र दुई दिन प्रशासनको काम गर्छिन् । एउटा डाक्टरलाई व्यवस्थापनको जिम्मेवारी लिँदा कति सहज हुन्छ ? भन्ने हाम्रो जिज्ञासामा उनले जवाफ दिइन्, ‘म डाक्टर भएपनि व्यवस्थापनको काम पहिले पनि गर्थें, अहिले जिम्मेवारी मात्रै थपिएको हो ।’ उनको अधिकांश समय अस्पतालमै बित्छ । घरबाट आउने जाने ठेगान हुँदैन । ‘बिहान उठ्छु, नित्यकर्म गर्छु, ७ बजे अफिस आइपुग्छु, अफिस आइपुगेपछि काम के-के छ हेर्छु, साथीहरूसँग छलफल गर्छु, त्यसपछि बिरामीलाई हेर्ने, कहिले अप्रेसन गर्ने काम हुन्छ,’ उनी भन्छिन्, ‘समय बढी दिनु परे पनि व्यवस्थापक र डाक्टर भएर काम गर्दा केही विषयमा भने सहज हुँदो रहेछ, सिक्ने पनि अवसर पाइन्छ ।’ टीमले राम्रो काम गर्नका लागि सुरुमा आफूले राम्रो काम गर्नु पर्ने धारणा उनको छ । उनको बुझाइमा एउटा राम्रो व्यवस्थापकसँग कम्युनिकेसन गर्न सक्ने क्षमता हुनुपर्छ । भन्न चाहेको विषयवस्तु प्रभावकारी रूपमा टिममा राख्न सकिएन भने समस्या हुने उनको भनाइ छ । तपाईं राम्रो डाक्टर कि व्यवस्थापक ? उनी भन्छिन्, ‘म राम्रो डाक्टर हुँ, किन कि म सर्जरी राम्रो गर्छु, बिरामीलाई राम्रो उपचार गर्छु, मैले त्यसको नतिजा पनि तुरुन्त देख्छु, व्यवस्थापकले गरेको मिहिनेतको फल तुरुन्त नआउन सक्छ ।’ उत्कृष्ट अस्पताल, निःशुल्क पनि सेवा रीता तिलगंगा आँखा अस्पतालमा सुरुदेखि नै संलग्न भएकी हुन् । क्लिनिकल कामदेखि व्यवस्थापन तहसम्म आइपुग्दा उनले धेरै हण्डर ठक्करहरू भोग्नुपर्यो । उनी अस्पतालमा सबैलाई जिम्मेवारी छुट्याएर काम भइरहेको बताउँछिन् । ‘सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्यो भने काम गर्न समस्या हुँदैन, टीमवर्क चाहिन्छ, तिलगंगा यहाँसम्म आइपुग्नुमा एक जनाको मात्र नभइ पुरै टोलीको हात र योगदान छ,’ उनले भनिन् । तिलगंगा आँखा अस्पताल नेपालको मात्र होइन, एसियाकै अब्लल संस्थाको रूपमा स्थापित भएको छ । ७५ बेड क्षमताको यस अस्पताललाई सय बेडको बनाउने तयारी भइरहेको छ । यो अस्पतालमा सन् २०२३ मा ३ लाख २२ हजार १ सय ६६ जनाभन्दा बढी बिरामीले उपचार गराएका छन् । डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । उनले कामको सेडुअल बनाएकी छन् । हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेशन र दुई दिन प्रशासनको काम गर्ने । यो अस्पतालले वर्षमा ३ लाख बढीको उपचार गर्छ । ५०० भन्दा बढी चिकित्सक एवम् कर्मचारी छन् । अस्पताल चलाउन न सरकारले लगानी गरेको छ, न त नाफा कमाउने उद्देश्यका साथ लगानीकर्ताले पैसा हालेका छन् । आवश्यक स्रोत जुटाउन दाता, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाको साथ रहेको उनी बताउँछिन् । यो अवस्थासम्म आइपुग्नुमा अस्पतालमा सरसफाइ गर्ने क्लिनरदेखि डाक्टर, कर्मचारी र बोर्ड लगायतको भूमिका छ । सहयोगी हातहरूको योगदान पनि महत्वपूर्ण छ । ‘अस्पताललाई चाहिने महंँगा उपकरणहरू खरिदका लागि देश विदेशबाट सहयोग आयो, जसले रोगको निदान गर्न सकियो,’ उनी भन्छिन्, ‘गुणस्तरीय सेवा प्रदानकै लागि सर्वसाधारणको विश्वास पाउन सफल भयौं ।’ ठाउँ-ठाउँमा क्याम्प गरेर उपचार गर्दा पनि अस्पतालले एक किसिमको उचाइ प्राप्त गरेको हो । तिलगंगाको विभिन्न जिल्लामा सामुदायिक आँखा केन्द्र पनि छन् । कर्मचारी नियुक्तिमा पनि पारदर्शीता कायम हुने उनको भनाइ छ । ती सबै कर्मचारीको योगादानले आज तिलगंगा देशकै गौरव गर्न लायक स्वास्थ्य संस्था बन्न पुगेको हो । अस्पतालमा उपचार गर्न धेरै किसिमका व्यक्ति आउँछन् । कसैले उपचार गर्न सक्छन् त कसैले गर्न सक्दैनन् । उपचारमा अस्पतालको फरक प्रणाली (सिस्टम) छ । उपचारका लागि शुल्क तिर्न नसक्नेले पनि सेवा पाइरहेको उनको भनाइ छ । ‘जसले उपचार शुल्क तिर्न सक्दैनन्, पैसा नभएकाहरूको उपचारका लागि केही संस्थासँग फण्डका लागि सहयोग माग्छौं,’ उनले भनिन्, ‘त्यसबाट उनीहरूको निःशुल्क उपचार हुन्छ ।’ तिलगंगा अस्पतालमा आँखा सम्बन्धि उपचार धेरै किसिमको हुन्छ । पर्दाको सर्जरी गर्नुपर्यो भने एकदमै महँगो पनि छ । मान्छेलाई चस्मा लगाउन नपर्ने लेजरको सर्जरी व्यवस्था पनि छ, जुन महँगो पर्छ । मोतीबिन्दुका बिरामीलाई त्यति महँगो नपर्ने उनी बताउँछिन् । उनी एउटा संस्था दीगोरूपमा चल्नको लागि व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताउँछिन् । पहिला आफूलाई पैसा भयो भने जे पनि चलाउन सकिन्छ भन्ने लागे पनि अहिले त्यो भ्रम रहेछ भन्ने महसुस भइसकेको अनुभव सुनाउँछिन् । संस्थालाई दीगोरूपमा सञ्चालनका लागि अब आफूसँगै अर्को व्यक्तिलाई पनि सो जिम्मेवारीका लागि तयार पार्न सक्नु पर्ने बताउँछिन् । तबमात्रै असल र सफल व्यवस्थापक हुने उनको भनाइ छ । लाखौंलाई उज्यालो संसार डा.रीतासँग अहिलेसम्म कति जनाको आँखा उपचार गरेँ भन्ने हिसाब छैन । एक लाखभन्दा बढीलाई उपचार गरेको अनुमानित हिसाब भने उनी सुनाउँछिन् । दुर्गम जिल्लामा पुगेर वर्षौदेखि अन्धकारमा बसिरहेकाहरूलाई आँखा देख्ने बनाउँदा कत्ति खुसी भइन्छ होला । उज्यालो संसारमा अन्धकार दिनहरू बिताइरहेका हजारौं मान्छेको उपचार गरेर ज्योति फर्काउँदाको अनुभूतिहरू रीतासँग कत्ति हो कत्ति छन् । उनले एउटा घटना सुनाइन्- ‘सिन्धुली क्याम्प जाँदा एउटै परिवारका दिदीभाइ आँखा देख्न नसक्ने थिए, भाइ १२ वर्षको दिदी १५ वर्षकी थिइन्, भाइको एक आँखाको मोतिबिन्दुको अपरेसन गरेको देखियो । तर, दिदीलाई १५ वर्षसम्म अस्पतालमा पनि देखाएको भेटिएन, मैले दुवै दिदीभाइको अपरेसन गरेँ, दुवैले दिदीभाइले आँखा देखे,’ उनी त्यो घटना स्मरण गर्दै भन्छिन्, ‘यस्ता घटनाले हामीलाई पनि भावुक बनाउँछ, तर हामीलाई भावुक हुने छुट छैन ।’ मोतिबिन्दु आँखा नदेख्ने अन्धोपनको पहिलो कारण हो । तर, यसको अपरेसन गर्न थुप्रै पैसा तिर्नुपर्थ्यो । पैसा तिरेर पनि राम्रो सुविधा पाउन नेपालमा गाह्रो थियो । अपरेसन गरिसकेपछि आँखाभित्र एउटा लेन्स हाल्नुपर्छ । त्यसपछि मात्र मान्छेले आँखा देख्न सक्छ । तर, त्यो बेला नेपालमा लेन्स थिएन । लेन्स बाहिरबाट ल्याउनु पर्थ्यो । बाहिरबाट ल्याउँदा एउटै लेन्सको साढे दुई सय डलर लाग्थ्यो । त्यो बेला त्यति पैसा तिरेर मोतिबिन्दुको अपरेसन गर्न नेपालीको पहुँचमा थिएन । नेपालमै लेन्स बनाउन सक्यौं भने मोतिबिन्दुको सर्जरी र लेन्सको कार्यान्वयन नेपालीहरूको पहुँचमा हुन सक्छ भन्ने अवधारणाले तिलगंगा आँखा अस्पताल बन्यो । त्यसपछि नेपालमै लेन्स बनाउन सुरु भयो । डा. सन्दुक रुइतको साथी र प्रोफेसर फ्रेड होलोजको फाउण्डेशनले यसमा धेरै काम गर्यो । ‘फ्रेड होलोज फाउण्डेशन’को सहायता र अरु त्यस्तै अन्तर्राष्ट्रिय संस्थाको सहयोगले गर्दा यो अस्पताल स्थापित हुन सकेको उनले बताइन् । डा. रुइतले बोलाएपछि… उनी रुसमा पढाइ सकेर नेपाल फर्केपछि पोखरा गइन् । त्यहाँ हिमालय आँखा अस्पताल थियो । त्यहाँको पहिलो आँखा डाक्टर उनै थिइन् । उनीसँगै अर्को नेदरल्याण्डसका डाक्टर थिए । उनीहरू दुई जनाले त्यो अस्पताल सुरु गरे । एक वर्षमा पोखरा काम गरिसकेपछि उनी काठमाडौं आइन् । रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परी बुबाको मृत्यु भयो । रीताकी आमा आशादेवी तीन छोरीहरू बोकेर नेपाल फर्किइन् । आमाको काँधमा छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो । डा.रुइतसँग उनको पहिल्यै कुराकानी हुन्थ्यो । काठमाडौं आएर उनले डाक्टर रुइतसँग काम गर्न सुरु गरिन् । सुरुमा डाक्टर गुरुङ र रुइतले थापाथलीमा दुई/चार कोठा भाडामा लिएर काम गर्न सुरु गरे । कोठाभित्रबाट भन्दा बाहिर ठाउँठाउँमा क्याम्प सञ्चालन गरेर उनीहरूले आँखा उपचार सुरु गरे । त्यसपछि तिलगंगा अस्पताल बनेपछि उनीहरू दुवैजनाले सँगै काम गर्न सुरु गरे । छोरी पनि डाक्टर, श्रीमान् इन्जिनियर व्यक्ति अगाडि बढ्न परिवारको साथ आवश्यक पर्ने उनी बताउँछिन् । रीताका श्रीमान् कम्प्युटर इिन्जिनियर हुन् । उनकी एउटी छोरी छिन् । छोरी पनि आँखाको डाक्टर छिन् । ‘म यहाँसम्म आइपुग्नु मेरो परिवारको हात छ, परिवारले साथ दियो, उनी भन्छिन्, ‘श्रीमानले साथ दिनुभयो, छोरीले भाव बुझिन् र म यहाँसम्म पुगेँ । ’ रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । उनका बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । बुबाको जागिर भारतमा हुँदा उनकी आमा आशादेवी पनि भारत बस्थिन् । डाक्टर रीताको जन्म पनि भारतमै भयो । उनका एक दिदी र एक बहिनी गरी तीनजना दिदीबहिनी छन् । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परि उनका बुवाको मृत्यु भयो । श्रीमानको मृत्युपछि रीताकी आमा आशादेवी छोरीहरू बोकेर नेपाल फर्किइन् । उनी चितवनको दिब्यानगरमा बस्न थालिन् । रीताकी आमाको काँधमा तीन छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो । डा.रीता आफू डाक्टर हुनुको पछाडि आमाको हात र स्वर्गीय बुबाको आशिर्वाद र आफ्नो लगाव रहेको बताउँछिन् । आफुले पाएको दुःख समाजको तिरस्कार आफ्नो छोरीहरूले पाउन नपरोस् भन्दै आमा आशादेवीले तीनैजना छोरीहरूलाई काठमाडौंमा ल्याएर बोडर्समा राखिन् । उनीलगायत तीनैजना दिदीबहिनी काठमाडौंमा रहेको महेन्द्र विद्या भवनमा पढ्न थाले । रीताले वि.सं २०३० सालमा एसएलसी पास गरिन् । उनी पढाइमा राम्रै थिइन् । त्यो बेला पैसा भएर पनि मेडिकल स्कुल जान पाइँदैनथ्यो । सरकाबाट छात्रवृत्ति पाए पढ्न पाइन्थ्यो । त्यो बेलामा जति चिकित्सक थिए सबै सरकारी छात्रवृत्तिबाटै पढेका थिए । रीताले पनि छात्रवृत्ति पाइन् । ‘भाग्यले भनौं या मिहिनेतले मैले छात्रवृत्ति पाएँ, छात्रवृत्ति पाएपछि पढ्न रुस गएँ, रुसमा गएर नेत्ररोग विशेषज्ञता हासिल गरे,’ उनले विगत सुनाइन् । उनलाई छिटछिटो काम र परिणाम चाहिँन्छ । कोही मान्छेमा मोतिबिन्दु भएर आँखा बन्द भएको छ भने अपरेसन गरेको भोलिपल्ट देख्न सक्ने हुन्छ । ‘आँखामा गरेको कामको छिनमै परिणाम आउँछ, यस्ता परिर्वतनहरू छन्, जसले मलाई सधैं काम गर्न अभिप्रेरित गर्यो, त्यसैले म यो क्षेत्रमा आएँ होला,’ उनले आफू डाक्टरी पेसा पढ्नुको कारण बताइन् । अब उनलाई फरक काम गर्ने रहर छ । उनकी आमाको निधन भएपछि रीताका दिदीबहिनी मिलेर फ्याम्ली फाउण्डेशन स्थापना गरेका छन् । जसको नाम ‘दानआशा’ फाउण्डेशन हो । रिटायर्ड भएपनि आफ्नो अनुभवलाई जहाँ पनि प्रयोग गर्न सक्ने क्षमता उनमा छ । उनलाई अब केयर चिल्ड्रेनको शिक्षामा काम गर्ने रहर छ । ‘म कहिल्यै जीवनदेखि दुःखी भइनँ, पढ्ने मौका पाएँ, पढेर यहाँसम्म आएँ, डाक्टर बनेँ, अहिले तिलगंगा चलाउँदै छु, अझै चलाउँछु भन्ने मनमा आँट छ,’ उनले उत्साहित हुँदै भनिन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार
लाभांश दिन नसक्ने अवस्थामा १० विकास बैंक, एउटै बैंकको एनपीएल २८% पुग्यो
काठमाडौं । अर्थतन्त्र सुस्ताएका कारण बैंक तथा वित्तीय संस्थामा ठूलो प्रभाव परेको देखिएको छ । अर्थतन्त्र समस्यामा परेको संकेत बैंकको वित्तीय विवरणमा पनि देखिएको छ । बैंकका ऋणीहरूले समयमै ऋण नतिर्दा खराब कर्जा बढेको छ भने नाफामा पनि ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ६ प्रतिशत पुगेको छ । जसकारण ब्याज आम्दानी २ प्रतिशत घटेको छ । खराब कर्जा बढ्दा र ब्याज आम्दानी घटेका कारण विकास बैंकहरूको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा नाफामा ब्रेक लागेको हो । समीक्षा अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ४३.७८ प्रतिशत बढेर ५.९२ प्रतिशत बिन्दु पुगेको छ । गत वर्षको सोही अवधिमा विकास बैंकहरूको खराब कर्जा औसत ४.१२ प्रतिशत बिन्दु थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ८८०.५६ प्रतिशत बढेर २७.७५ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, मुक्तिनाथ विकास बैंकको १५६.१२ प्रतिशत बढेर २.५१ प्रतिशत बिन्दु, शाइन रेसुङ्गाको १ सय प्रतिशत बढेर २.६२ प्रतिशत बिन्दु, गरिमाको ५६ प्रतिशत बढेर २.९५ प्रतिशत बिन्दु पुगेको छ । यस्तै, सांग्रिलाको ४५.५३ प्रतिशत बढेर ४.८९ प्रतिशत बिन्दु, ज्योतिको ३८.६३ प्रतिशत बढेर ४.८८ प्रतिशत बिन्दु, ग्रीनको ३७ प्रतिशत बढेर ४.७० प्रतिशत बिन्दु, लुम्बिनीको ९.५६ प्रतिशत बढेर ३.५५ प्रतिशत बिन्दु र कर्पाेरेटको २ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु पुगेको छ । समीक्षा अवधिमा विभिन्न ६ विकास बैंकले भने गत वर्षको तुलनामा खराब कर्जा घटाएका छन् । सिन्धुको ७८.५७ प्रतिशत घटेर १.०५ प्रतिशत बिन्दु, सप्तकोशीको ९.७५ प्रतिशत घटेर १४.१६ प्रतिशत बिन्दु, महालक्ष्मीको ७.८६ प्रतिशत घटेर ४.२१ प्रतिशत बिन्दु, कामना सेवाको ७.५६ प्रतिशत घटेर ३.४२ प्रतिशत बिन्दु, मितेरीको ४.१९ प्रतिशत घटेर २.७४ प्रतिशत बिन्दु र एक्सलको ४ प्रतिशत घटेर ४.७० प्रतिशत बिन्दुमा झारेका छन् । यस्तै, बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म १८.१२ प्रतिशत नाफा घटेर २ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैंकहरूले २ अर्ब ५६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा अवधिमा ४ वटा विकास बैंकले मात्रै गत वर्षको तुलनामा नाफा बढाएका छन् भने अन्य सबै बैंकको नाफा घटेको छ । साथै, तीन वटा बैंक ऋणात्मक अवस्थामा झरेका छन् । पुस मसान्तसम्म सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले ३४५.४ प्रतिशत नाफा बढाएर १ करोड २६ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ करोड १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ र गरिमा विकास बैकले २ प्रतिशत बढाएर ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । गत वर्षको पुसमा नोक्सानी बेहोरेको सिन्धु विकास बैंकले यसपटक भने २ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकले ६ करोड ३८ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकले ११ करोड ९१ लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकले ६ करोड ९९ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ३९.८२ प्रतिशत घटेर १० करोड २ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३३ प्रतिशत घटेर ४२ करोड १७ हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९१ लाख ५१ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको १८.६९ प्रतिशत घटेर २१ करोड २२ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १७.२९ प्रतिशत घटेर ४ करोड ८८ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.६० प्रतिशत घटेर ३७ करोड १२ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको १२ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लोकराज पनेरु खराब कर्जा बढ्दा बैंकको नाफामा असर गरेको बताउँछन् । अर्थतन्त्र सुस्ताएको बेला समग्र बैंकिङ क्षेत्रको खराब कर्जा बढेको उनको भनाइ छ । ‘ऋणीहरूले समयमा ऋण तिर्न सकिरहेका छैनन्, रिपेमेन्ट ढिला भइरहेको छ, त्यसकारण पनि एनपीएल बढेको हो,’ उनले भने, ‘अर्थतन्त्रमा नै समस्या नै छ, त्यसैले समग्र बैंकिङ क्षेत्रमै एनपीएल बढेको देखिन्छ, आन्तरिक र बाह्य क्षेत्रले नै प्रभाव पारेको हो ।’ यस्तै, ब्याज आम्दानी पनि गत आर्थिक वर्षको तुलनामा १.५४ प्रतिशत अर्थात् १६ करोड २२ लाख रुपैयाँ घटेको छ । पुस मसान्तसम्म १० अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा १० अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए । समीक्षा अवधिमा कर्पाेरेटको १५.३४ प्रतिशत बढेर ४ करोड ६८ लाख रुपैयाँ, गरिमाको १४.४० प्रतिशत बढेर १ अर्ब ८० करोड ५० लाख रुपैयाँ, सिन्धुको ७.२५ प्रतिशत बढेर ९ करोड ५७ हजार रुपैयाँ, ग्रीनको ४.९६ प्रतिशत बढेर ८ करोड १८ लाख रुपैयाँ, सांग्रिलाको ३.५८ प्रतिशत बढेर ९४ करोड ६३ लाख रुपैयाँ र मुक्तिनाथको २.१२ प्रतिशत बढेर २ अर्ब ८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यस्तै, शाइन रेसुङ्गाको १.२५ प्रतिशत घटेर १ अर्ब ४ करोड रुपैयाँ, ज्योतिको २.३५ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँ, कामना सेवाको ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ, लुम्बिनीको ७.५० प्रतिशत घटेर ८५ करोड ९४ लाख रुपैयाँ, महालक्ष्मीको १४.५३ प्रतिशत घटेर ८९ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यस्तै, एक्सलको २३ प्रतिशत घटेर २० करोड ६० लाख रुपैयाँ, मितेरीको २६.७५ प्रतिशत घटेर १३ करोड ३२ लाख रुपैयाँ, सप्तकोशीको ३७.४४ प्रतिशत घटेर ६ करोड ९५ लाख रुपैयाँ र नारायणीको ५१ प्रतिशत ४४ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका हुन् । अधिकांश बैंकको खराब कर्जा बढ्दा यो वर्ष लाभांश वितरण गर्न सक्ने क्षमतामा ह्रास आउने देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय विस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउँछ । खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्छ ।
नेपाली मिडियामा पनि पस्यो एआई, के पत्रकारले जागिर गुमाउँदैछन् ?
काठमाडौं । विगतमा समाचार वाचन तथा रिपोर्टमा ‘भ्वाइस ओभर’का लागि कर्मचारी परिचालन गर्दै आएको नेपाल एफएमले हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर रिपोर्ट प्रसारण गर्छ । सो सञ्चार माध्यमले अहिले कर्मचारी कटौती गरेर एआईको व्यापक प्रयोग बढाएको छ । पहिले कर्मचारीमा मासिक लाखौं खर्च गरेर उत्पादन हुने रिपोर्टहरू अहिले निःशुल्क उत्पादन भइरहेका छन् । समाचारका हरेक बुलेटिनमा रेडियो रिपोर्ट तयार पारेर एआईलाई पढ्न दिएपछि उसले अडियोमा रेकर्ड गरेर तयार गर्छ र आफूले चाहेको बेला महिला वा पुरुष आवाजमा अडिओ रेकर्ड गर्न सकिन्छ । ‘एआई’ले रिपोर्टको स्क्रिप्ट पढ्न थालेपछि धेरै सहज भएको नेपाल एफएमका कार्यकारी निर्देशक गोविन्द्र खड्का बताउँछन् । ‘अब डेस्कमा राम्रो काम गर्न सक्ने मान्छे छ भने एक जनाले पनि रेडियो चलाउन सकिन्छ, एआईलाई काम दिन सक्ने मान्छे भए पुग्यो,’ उनी भन्छन्, ‘महिलाले डेस्क हेरिरहेको छ भने पुरुषको आवाजमा र पुरुषले डेस्क हेरिरहेको छ भने महिलाको आवाजमा हामीले रिपोर्ट पढाउने गरेका छौं, अब एआईको राम्रो प्रयोग गर्न सक्ने मान्छे भए धेरै कर्मचारी राखिरहन पर्दैन ।’ पछिल्लो समय मिडियामा दक्ष जनशक्तिको अभाव छ । अब कर्मचारी थप्नेभन्दा पनि भएका जनशक्तिलाई प्रविधिको विषयमा सिकाउन सकेमा कम जनशक्तिबाट धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा खड्काको छ । उनले पनि अहिले कर्मचारी कटौती गरेर एआईको प्रयोगलाई व्यापकता दिइरहेका छन् । रेडियोमा मात्र होइन अहिले विभिन्न सञ्चार माध्यमले एआईको प्रयोगलाई व्यापकता दिएका छन् । अनलाइन सञ्चार माध्यमले पनि समाचारसँगै अडियो क्लिप पोष्ट गर्ने गरेका छन् । जुन अडियो एआईको नै हो । भारतमा टेलिभिजनको प्रस्तोता पनि एआई नै छ । नेपाली युट्युवरहरूले पनि एआईको प्रयोगबाट भिडिओहरू निर्माण गर्ने गरेका छन् । नेपाल चित्र नामक युटुव च्यानलले पनि पछिल्लो समय एआईको प्रयोगले नै भिडिओ बनाउने गरेको छ । नेपाल चित्रका सञ्चालक विशाल सापकोटा विगत ६ महिनादेखि युटुबमा एआईको प्रयोग गरिरहेको बताउँछन् । ‘भिडिओका लागि कन्टेन्ट र तस्बिर हाम्रै हुन्छ, स्टोरी पढाउनका लागि एआईको प्रयोग गर्छौं, हामीसँग ठूलो मिडिया हाउस चलाउने स्रोत छैन, जनशक्ति नभएको मिडियाको लागि एआई राम्रो माध्यम बन्न सक्छ,’ उनले भने । एआईमार्फत् कन्टेन्ट पढाउँदा छिटो पनि हुने उनको भनाइ छ । ‘मान्छेले आफैंले पढ्दा धेरै टेक खानुपर्छ, अडियो पनि सम्पादन गर्नुप¥यो । तर, एआईको प्रयोग गर्दा समय पनि नलाग्ने, चाहेको जस्तै आवाज बन्छ,’ उनी भन्छन्, ‘स्टोरी शुद्ध भयो भने आवाज पनि राम्रै बन्छ ।’ अडियो र भिडिओमा मात्र नभइ अनलाइन, पत्रपत्रिकामा काम गर्ने धेरै जसो पत्रकार एआईको प्रयोग गरिरहेका छन् । कतिपय सम्पादकले एआईकै प्रयोगले समाचार सम्पादन गर्ने गरेको पनि देखिन्छ । अब प्रविधिकै सहयोग र प्रयोगले सबै काम गर्न सकिने जानकारहरू बताउँछन् । आम मानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनको सहायताले हरेक काम गर्न छिटो र छरितो मात्रै होइन गुणस्तरीय बन्ने चर्चा पनि छ । मान्छेले एआईको प्रयोग गरेर नै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा तस्बीर राख्नेदेखि भिडियोमा निर्माण पनि गरिरहेका छन् । कसरी प्रयोग गर्ने एआई ? एआईलाई रेडियो रिपोर्ट पढाउँदा सबैभन्दा पहिले आफ्नो युजर आईडी बनाउनु पर्ने हुन्छ । त्यसपछि भ्वाइस मेकर डट इन खोज्नु पर्ने हुन्छ । सर्च (खोजी) गर्दा धेरै टुल्सहरू देखिन्छन् । ती मध्ये कुनै एकमा जान सकिन्छ । नेपालका रेडियो, युटुब जसले एआई प्रयोग गरिरहेका छन् तिनिहरूले छुट्टाछुट्टै तरिकाले प्रयोग गरिरहेका छन् । भ्वाइस मेकर डट इन खोल्ने वित्तिकै युजर आइडी माग्छ । त्यसको लागि आफ्नो अकाउण्ट हुनुपर्छ । त्यसमा भाषा छानिसकेपछि महिला वा पुरुष कुनबाट अडिओ पढाउन खोजिएको हो त्यो विकल्प क्लिक गर्नुपर्छ । रिपोर्ट तयार भइसकेपछि रिपोर्टको गति छान्नुपर्छ । त्यसलाई डाउनलोड गरेर रेडियोमा बजाउन मिल्छ । पछिल्लो समय धेरैले एआईमार्फत् तस्बिर पनि बनाउने गरेका छन् । त्यसका लागि विभिन्न वेवसाइटहरू छन् । कतिपय निःशुल्क छन् भने कतिपयमा पैसा पनि लाग्ने गरेको छ । नेपाली मिडियामा भने अहिले निःशुल्क रूपमा एआईको प्रयोग भइरहेको छ । काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रबी राज बराल युट्युव र सामाजिक सञ्जलमा यसको प्रयोग बढी भइरहेको बताउँछन् । नेपाली मिडियामा पत्रकारले तयार पारेको समाचार वा रिपोर्टको स्क्रिप्ट एआईको सफट्वेरमा राख्ने र उसले पढेर बनाएको अडियो र त्यसलाई भिडियोमा राखेको पाइएको उनको भनाइ छ । ‘युटुबर र सोसलमिडिया क्रियटरले एआईको प्रयोग गरिरहेका छन्, कतिपय टेलिभिजनमा बिरोलको रूपमा एआईको प्रयोग भइरहेको छ,’ उनी भन्छन् । लण्डन स्कूल अफ इकोनोमिक युनिभर्सीटीको एउटा रिसर्च सेन्टरले सन् २०२० मा ३२ देशका ७१ समाचार कक्षमा कसरी एआईको प्रयोग गरिरहेको छ भन्ने विषयमा अध्ययन गरेको थियो । त्यहाँ धेरै मान्छेलाई एआई भनेको के हो थाहै नभएको र केहीलाई भने थोरै जानकार िभएको अध्ययनबाट खुलेको थियो । नेपालमा भने यो विषयमा अनुसन्धान नै भएको छैन । नेपालका पत्रकारले जेनेरेटिक एआईको प्रयोग गरिरहेका छन् । नेपाल चेकका सम्पादक दिपक अधिकारी पछिल्लो समय नेपाली सञ्चार माध्यमले प्रयोग गर्ने अधिकांश फोटोहरू एआईबाट बनेको बताउँछन् । ‘पत्रकारहरूले एआईजस्ता टुल्स पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन्, डेटा जर्नलिजमको लागि विभिन्न टुल्सदेखि एक्सल प्रयोग गर्नेसम्म पत्रकारले पहिलेदेखि यस्ता प्रविधिको प्रयोग गरिरहेका थिए, अहिले प्रयोग गर्नेको संख्या बढेको छ,’ उनी भन्छन् । अधिकारीका अनुसार एआईको प्रयोग नेपाली मिडियामा दुई किसिममा भइरहेको छ । एउटा फोटो भिडियो, अर्को शब्द (टेक्स्ट)मा यसको प्रयोग भइरहेको छ । विश्वसनियतामाथि प्रश्न आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई एक सफ्टवेर हो । कम्प्युटर विज्ञानमा कृत्रिम बौद्धिकता एआईलाई यान्त्रिक बुद्धी पनि भनिन्छ । यो एउटा मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । मानव शरिरको अलावा मानव निर्मित उपकरणद्धारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रक्रिया हो । एआईले कम्युटर नेटवर्कका आधारमा काम गर्छ । तर, एआईबाट हुने काम भने सतप्रतिशत सही नहुने विज्ञहरूको दाबी छ । एआइबारे नेपालमा एक दशकदेखि अध्ययन गर्दै आएका नेचुरल लेंग्वेज प्रोसेसिङका प्रमुख अजयमणी गौतम एआईले गर्ने सबै काम सही नहुने धारणा राख्छन् । एआईले अंग्रेजी वा अन्य भाषालाई राम्ररी बुझेपनि नेपाली भाषाको शब्द भण्डार नै प्रयाप्त नभएकाले उसले सोधेको सबै कुरा भन्न नसक्ने उनी बताउँछन् । ‘सहयोग एआईको लिए पनि दिमाग आफ्नो लगाउनुपर्छ, नेपाली भाषा प्रविधिमा लैजान डिजिटल्ली शब्दको भण्डार बनिसकेको छैन,’ उनी भन्छन्, ‘एआईले दिएको सबै सूचना सत्य हुँदैन ।’ एआइले रिर्पोटरलाई राम्रो रिपोर्ट तयार पार्नमा भने सघाउ पुग्ने विज्ञहरू बताउँछन् । ‘एआईलाई अनुवादमा प्रयोग गर्न सकिन्छ, लामो रिपोर्टलाई सारांशमा लेख्न सहयोग पुग्छ । तर, पूर्ण रूपमा विश्वस्त भने हुनु हुँदैन,’ उनले भने । एआईले ड्राइभरबिनाको कार बनाइसकेको छ भने एआईकै कारण पाइलटबिनै जहाज उड्ने प्रविधिको विकास समेत भइसकेका समाचार सुनिन्छन् । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् । एआइसँगै च्याट जीपीटी प्रयोग गर्नेको संख्या पनि बढेको छ । च्याट जीपीटीको मुख्य उद्देश्य गुगलसर्चबाट इन्जिनलाई विस्थापित गर्दै सर्च इन्जिन हिस्सा लिने हो । यसको असर मिडिया र सोसल मिडियामा पर्छ । एआई र च्याट जीपीटीकै कारण नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको जागिर पनि जोखिममा रहेको बुझाइ धेरैको छ । तर, तत्काल नेपाली मिडियाले पत्रकारहरूलाई नै रिप्लेस हुने गरी काम गर्न नसक्ने धारणा जानकारहरूको छ ।