व्यवसायमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर कर छली, साथीभाई र आफन्तको नामबाट अर्बौंको कारोबार

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेकाे बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले  राष्ट्र बैंकसमक्ष प्राप्त भएका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेकाे बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले  राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको हो । ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको बताएको छ

यस्तै, पछिल्लो समय शंकास्पद कारोबारको संख्या बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष २ हजार ७८० वटा शंकास्पद कारोबार भेटिएकोमा गत वर्ष ५ हजार ९३५ वटा पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ९८ हजार ३९८ वटा कारोबारको संकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा आएको प्रतिवेदनमा उल्लेख छ । 

प्राप्त भएका शंकास्पद कारोबारमा ४८ प्रतिशत व्यक्तिगत व्यवसाय, ३३ प्रतिशत कम्पनी, १९ प्रतिशत विभिन्न व्यापार तथा उत्पादनसँग सम्बन्धित पर्यटन व्यवसाय रहेको जनाएकाे हो ।

यो अवधिमा राष्ट्र बैंकले २०४ वटा घटनाको विश्लेषण गरेको  छ । जसमा १३३ वटा मुद्दालाई थप अध्ययन गर्न आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागमा पठाएको जानकारी दिएको छ । विभागमा पठाएको मुद्दाहरूमा वार्षिक १२ बिलियन संकास्पद कारोबार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

व्यवसायीले कर छल्नका लागि कम्पनीको कारोबार पनि व्यक्तिगत बैंक खातामार्फत् गर्ने गरेको भेटिएको हो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको छ । कुनै व्यवसायीले त्यस्तो गरेको पाइएमा जरिवाना तथा सजायको व्यवस्था गरिनु पर्ने सो इकाइको सुझाव छ ।

यस्तै, यस्तो प्रवृति घरजग्गा कारोबारमा पनि देखिएको छ । राष्ट्र बैंकको सो इकाइले घरजग्गा खरिदबिक्रीको लेनदेन बैंकिङ प्रणालीबाट हुनु पर्ने धारणा राखेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको हो ।

Share News