नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्राधिकरणका अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बित भएका हुन् । साथै, पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले बताए । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
प्रधानमन्त्रीको प्रशंसा, भक्कानिए मीनबहादुर
काठमाडौं । देशको प्रधानमन्त्रीले एक व्यवसायीको खुबै प्रशंसा गरेको र ती व्यवसायी आँशु छोडेर भक्कानिएको दुर्लभ दृश्य शनिबार काठमाडौंमा देखियो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आमाबुवाको नाममा निर्माण गरेको भवन अस्पताललाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी गुरुङको खुलेरै प्रशंसा गरे । सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुरुङलाई दानवीर भन्दै प्रशंसा गरे । ‘धेरैले धन कमाएका छन्, पैसा कमाएका छन्, कसैले अस्पताल बनाएका छन्, कसैले क्यासिनो बनाएका छन्, अस्पताल बनाउनेको प्रसंशा गर्छु क्यासिनो जाने सुध्रिउन् भन्छु,’ ओलीले भने । गुरुङको प्रंशसा गर्दै ओलीले असाधारण राम्रो काम गर्दै आएको र गरिरहेको भन्दै तारिफ गरे । ‘विद्यालय बनाउँदै हुनुहुन्छ, कतिपय ठाउँमा बनाएर हस्तान्तरण गरिसक्नुभएको छ बुढानिलकण्ठमा बाल अस्पताल बनाउँदै हुनुुहुन्छ,’ ओली भन्छन्, ‘यस्ता धेरै राम्रा काम गर्नुभएको छ उहाँको म मुक्त कण्ठले प्रसंसा गर्न चाहन्छु ।’ उनले व्यवसायीलाई कमाएर दान गर्न सक्ने सामर्थ्य पनि वृद्धि गर्नुपर्ने सुझाव दिए । व्यवसायी गुरुङले त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा स्वर्गीय बुवा वृष बहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा विस्तारित सेवा (ईएचएस) भवन निर्माण गरेका थिए । गुरुङले ९ करोड ५० लाख लागतमा (ईएचएस) भवन निर्माण गरेर सोमबार अस्पताललाई हस्तान्तरण गरेका हुन् । १० करोडको लागतमा निर्मी इमर्जेन्सी भवन पहिले नै हस्तान्तरण गरिएको थियो । भवन हस्तान्तरण कार्यक्रममा व्यवसायी गुरुङ भने भक्कानिएका छन् । उनले स्वर्गीय बुबाआमालाई स्मरण गर्दै भक्कानिए । उनले यो भवनले अस्पतालमा आउने बिरामीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । कसरी अस्पताल निर्माणमा लागियो भन्ने प्रसंग उल्लेख गर्दै गुरुङले २०६८ सालमा टिचिङ अस्पतालका डा. अरुण सायमीसँगको भेटपछि अस्पताल बनाउने योजनामा पुगेको सुनाए । ‘डा. सायमीज्यूले हामीसँग इमर्जेन्सी भवनको खाँचो छ बनाइदिन सक्नुहुन्छ भनेर सोध्नुभयो, एउटा नेपाली व्यवसायीले भवन बनाउन मिल्छ भनेपछि स्वर्गीय बुबाआमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण गरिएको हो,’ उनले भने । १० करोड लागतमा भवन निर्माण गरिसकेपछि अस्पतालले फेरि पनि भवनको आवश्यकता रहेको सुनाएपछि ९ करोड ५० लाख लागतमा (ईएचएस) भवन निर्माण गरिएको उनले सुनाए । गुरुङको आर्थिक सहयोगमा बनाइएका इमर्जेन्सी र (ईएचएस) भवन सोमबार अस्पताललाई हस्तान्तरण गरिएको हो । उनले आगामी दिनमा पनि यस्तै कर्म गर्दै जान पाउँ भन्ने आशामा आफू रहेको बताए । ‘सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमन्त्रीज्यूको जुन नारा छ, यसमा भाटभटेनी अग्रपङ्तिमा रहेर देश जनता र राष्ट्रको सेवामा लागेको छ,’ उनी भन्छन्, ‘अभियानमा लागेर देशबाट केही फाइदा पाइन्छ कि भन्ने कुनै आशा समेत हामीले राखेका छैनौं, बरु अझै नेपालमा यस्ता काम गर्ने अवसर पाउने आशा राखेका छौं ।’ अस्पतालका कार्यकारी निर्देशक सुभास प्रसाद आचार्यले गुरुङले हस्तान्तरण गरेको भवनले अस्पताललाई सहज भएको बताए । ४३औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा भवन पाउँदा यसले झन उत्साह थपेको बताए । उनले भने, ‘आज हामी अस्पतालको ४३औं वार्षिकोत्सब मनाउँदै छौं, हाम्रा लागि खुसीको कुरा हो, यही दिनमा भवन पाउँदा थप खुसी भएका छौं ।’ दानवीर गुरुङ भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङले पछिल्लो समय शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाउँदै लगेका छन् । उनी व्यवसायसँगै विभिन्न ठाउँमा दान समेत गर्दै आएका छन् । त्रिवि शिक्षण अस्पताललाई दुइटा भवन बनाएर हस्तान्तरण गरिसकेको गुरुङले बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पतालमा समेत दान गरेका छन् । काठमाडौंको ईटा भट्टामा काम गर्ने गोमा श्रेष्ठले एसईईमा४ जीपी ल्याएर पास हुँदा एमबीबीएस पढाइदिने प्रतिबद्धता पनि उनले गरेका छन् । गुरुङले दार्चुला, हुम्ला, जुम्ला, कालीकोट लगायतका १४ जनालाई एमबीबीएस तहको अध्ययन सहयोग गरिसकेका छन् । गुरुङले अघिल्लो वर्षमा बाढी पहिरोले क्षति पु¥याएका ठाउँमा पनि आर्थिक सहयोग गरेका थिए भने खाद्यान्न सहयोग पनि गरेका थिए । यस्तै भूकम्प र कोरोनाको समयमा पनि गुरुङले ठूलो आर्थिक सहयोग गरेका थिए भने सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले भाटभटेनीलाई सम्मान पनि गरेको थियो ।
एसईई पास गरेका विद्यार्थीले यस कारण रोज्ने होटल म्यानेज्मेन्ट
आजभोलिका विद्यार्थीहरू स्मार्ट छन् । अभिभावकको दबाबमा नभई आफूले गर्न सक्ने र आउने दिनमा गर्ने सकिने अवसर छनोट गरेर विषय रोज्न थालेका छन् । कुनै समय डाक्टर इन्जिनियर मात्र पेसा रोज्न दबाब दिने अभिभावकहरू पनि अहिले बच्चाहरूको रुचिका आधारमा विषय छनोटमा सहयोग गर्छन् । आजभोलि अन्य विषय जस्तै विद्यार्थीहरूको रुचि होटल म्यानेजमेन्ट क्षेत्रमा पनि बढिरहेको छ । हस्पिटालिटी क्षेत्रमा पर्ने होटलम्यानेजमेन्ट कस्ता विद्यार्थीले पढ्न सक्छन् हामीले टेक्सास कलेजको होटल म्यानेजमेन्ट विभागीय प्रमुख सुवोध दाहालसँग कुराकानी गरेका छौं । होटल म्यानेज्मेन्टके हो ? होटल म्यानेज्मेन्ट भनेको अहिले विश्व बजारमा पर्यटन र होटलसँग सम्बन्धी रोजगारी छ, यसको माग पूर्ति गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले विगत केही वर्षदेखि लागू गरेको कोर्स हो । यो कोर्स पढिसकेपछि विद्यार्थीले होटलमा इन्ट्रेयल तहको जागिर गर्न सक्छन् भने पर्यटन क्षेत्रमा पनि जान सकिन्छ । यसमा पढाइ पुरा गरिसकेपछि ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत अध्ययन अध्यापन अगाडि बढाउन पनि सक्नुहुन्छ । यसको छुट्टै कोर्स हुन्छ कि विषय मात्रै छनोट गर्नुपर्छ ? एसईई दिएर होटल म्यानेजमेन्टकाे छुट्टै कोर्स भन्ने हुँदैन । यो विषय म्यानेजमेन्टमा भर्ना भएर अनिवार्य विषयहरू पढ्नै पर्ने हुन्छ । त्यो सँगसँगै मुख्य विषय भनेको होटल म्यानेजमेन्ट राखेर पढ्न सकिन्छ । यो कोर्स जम्मा २ वर्षको हुन्छ । कक्षा ११ र १२ पास गर्नुपर्छ । यसमा प्रयोगात्मक धेरै हुन्छ । कस्ता विषयहरू पढ्नुपर्छ ? यसका लागि माथि भने जस्तै अन्य विषयसँगै मुख्य विषयका रुपमा यो विषय पढ्नुपर्ने हुन्छ । तर ब्याचलरमा गइसकेपछि होटलमा चार वटा डिपार्टमेन्ट हुन्छ । फ्रन्ट अफिस, हाउसकिपिङ, फुड एण्न वेभ्रेज प्रडक्सन जसलाई किचन पनि भनिन्छ । ब्याचलर इन होटल म्यानेज्मेन्ट पढ्दा विशेष गरी होटल म्यानेज्मेन्ट पढ्नुपर्छ भने अनिवार्य विषय सँगसँगै होटल म्यानेज्मेन्ट पढ्नुपर्ने हुन्छ र कोर्सको रिक्वाएरमेन्ट अनुसार प्रयोगात्मक रुपमा लिने गरिन्छ । कस्तो रुचि भएका विद्यार्थीहरू यो विषय रोज्ने ? जसको स्वभाव बहिर्मुखी छ, जसले पाहुनासँग परिचय गर्न मन पराउँछ, आफ्नो उत्पादित सामाग्रीहरू बिक्री गर्न सक्छु भन्ने कन्फिडेन्स हुन्छ त्यस्ता विद्यार्थीले यो विषय रोज्दा राम्रो हुन्छ । यो विषय अहिले विश्व बजारमा निकै इमर्ज भएको विषय हो । के पनि विश्वास गरिन्छ भने प्रत्येक १० जनामा एक जना यो इन्ड्रष्टिसँग आवद्ध छन । विश्वमा पेट्रोलियम पछिको ठूलो इन्ड्रष्टी हस्पिटालिटी मान्ने गरिन्छ । त्यसैले पनि यो विश्व बजारमा एकदमै ग्रो भइरहेको छ । यसको माग पनि बढी छ । प्लसटु पढिसकेपछि स्नातक गर्नै पर्छ वा कुनै कोर्स हुन्छ ? यो व्याचलर्समा चार वर्षको कोर्ष हुन्छ । आठवटा समेस्टरमा हुन्छ । व्याचलरमा होटेलको चार वटा डिपार्टमेन्ट अनिवार्य पढ्नुपर्छ । यसमा पढेरमात्र हुँदैन प्रयाक्टिकल पनि गर्नुपर्यो । प्लसटुको भन्दा बढी प्रयाक्टिकलव्यालरमा गर्नुपर्छ भने । म्यानेजमेन्टका वेशिक कुराहरू पनि पढ्नुपर्छ । परीक्षा बोर्डले पाठ्यक्रम बनाउँदा खेरी नै ५० थेउरी र ५० माक्स प्रयाक्टिकल भनेको छ । यसमा प्रक्यिाटिकल बढी हुन्छ । प्लस टु मा अध्ययन गरेर व्याचलरमा शैक्षिक रुपमा जाने हो भने ब्याचलर इन होटलम्यानेजमेन्ट विभिन्न विश्वविद्यालयहरू अफिलियसन गरेको छ त्यसमा जाँदा हुन्छ । हैन म एक वर्ष, डेढ वर्षको डिप्लोमा गर्छु भन्यो भनेपनि यो तरिकाले अगाडि जान सकिन्छ । लागत बढी नपर्ने हिसाबले डिप्लोमा गरी यो क्षेत्रमा काम गर्न सकिन्छ । यसमा शैक्षिक रुपमा जान्छु भन्न पनि पाइयो र व्यवसायिक तरिकाले जान्छु भन्न पनि सकिन्छ । तर व्यवसायिक रुपमा जाँदा एउटा डिपार्टमेन्टमा मात्र समिति भएर बस्नुपर्छ । शैक्षिक रुपमा ब्याचलर गरिसकेपछि जुनसुकै डिपार्टमेन्टमा पनि काम गर्न योग्य हुनुहुन्छ । पढ्न खर्च कति लाग्छ ? यो विषय पढ्न ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हसुँदैन । विभिन्न स्कुल कलेजले फरक शुल्क लिन्छन् । परीक्षा बोर्डले यो विषय पढाउने स्कुल र कलेजलाई कम्तीमा प्रयोगात्मक ल्याब हुन आवश्यक पर्छ भनेको छ । टेक्सासको कुरा गर्दा प्लसटुमा होटलम्यानेजमेन्ट पढ्दा जम्मा एक लाखमा यो कोर्स पुरा हुन्छ । व्याचलरमा पनि कलेजपिच्छे फरक हुन्छ । यसमा विश्वविद्यालयको अफिलियसन अनुसार पनि हुन्छ । ल्याबमा कति लगानी गरेको छ त्यसमा पनि फरक पर्छ । तर ६/७ देखि ९/१० लाखसम्म खर्च लाग्न सक्छ । किनकि व्याचलर्समा धेरै प्रयाक्टिकल हुन्छ । इन्टर्नको लागि विदेश जानुपर्ने हुन्छ । तर विदेश गएर एक वर्ष इन्टर्न गर्दा कम्पनीले पैसा पनि दिन्छ । पैसा पनि राम्रो कमाइ हुन्छ । यो विषय पढेका विद्यार्थीलाई कामका अवसर कति छ ? होटलम्यानेजमेन्ट पढिसकेका विद्यार्थीले काम नपाएर घरमा बस्नुपर्ने अवस्था रहदैन । धेरैजसो विद्यार्थी आफै उयद्य्मी बन्नुुहुन्छ । हैन सुरुमा काम गर्छु भन्छ भने प्लस टुको सकिने वित्तिकै इन्ट्रलेभल काम गर्न सक्नुहुन्छ । जस्तै मैले अघि भनेको चार वटा डिमापर्टमेन्टमा गएर आफुले ज्ञान सिप प्राप्त गरेर भोलि आफ्नो स्तर अनुसारको होटेल, रेष्टुरेन्ट, क्याफे,क्याट्रीङमा पनि आफ्नो स्कोप पाउन सकिन्छ । विश्व बजारमा माग कति छ ? कुनै विषय आफैमा नराम्रो हुँदैन । आफुले आफैलाई पढेको विषयमा विज्ञ बनाउन सक्यो भने त्यो अनुसार काम पनि पाइन्छ र कमाइ पनि हुन्छ । ज्ञान, अनुभव विज्ञ यि तीन कुराले काम र दामको निर्धारण गर्छ । होटलम्यानेजमेन्ट पढेको व्यक्तिसँग राम्रो सिप छ भने फुडलार्य फ्युज गरेर पनि नयाँ रेसिपी आफैले बनाउन सक्छ । यसो हुँदा एउटा नयाँ अवसर पनि हुन्छ भने बाहिर पनि यसको धेरै माग भइरहेको छ । म आफै पनि व्याचलरबाट युरोप गएर पढेर आएको हुनाले यो क्षेत्रमा राम्रो देख्छु । देश, देश बाहिर पनि छ । आफ्नै उद्योग खोल्न पनि सकिने, केही काम गरेर पछि आफै गर्छु भन्ने पनि सकिने यो क्षेत्र व्यापक भएकाले धेरै राम्रो अवसर छ । व्यक्तिमा भर पर्छ । मान्छेलाई खाना जहाँ पनि खान पर्छ । आधारभुत कुरा पनि हो । अहिले विश्वबजारमा सबै भन्दा बढी माग भएको यही विषय देखेको छु । पढिसकेपछिको सम्भावना के हुन्छ ? यो विषय पढेकाहरूको माग विश्व बजारमा धेरै छ । यि चार मध्ये प्रोडक्सन शेफको माग धेरै अवसर छ । नेपालमा पनि उस्तै अवसर छ र विदेशमा पनि उस्तै माग छ । अहिले नेपाली विद्यार्थी पढ्न र काम गर्न विश्का धेरै ठाउँमा पुगिसकेका छन् । इन्टर्नको लागि पनि विद्यार्थी विदेशमा जाँदा राम्रो काम गर्नेहरूलाई कम्पनीले उतै कामको अवसर पनि दिइरहेको हुन्छ । होटलम्यानेजमेन्ट पढिसकेका धेरै विद्यार्थीले पयर्टनतिर गएको पाइन्छ । यसको नेपाल र बाहिर धेरै स्कोप छ । पर्यटनमा कसरी जान सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्डले प्लसटुमा टुरिजम स्टडीज भनेर राखेको छ । यसको छुट्टै पढाइ पनि हुन्छ । तर होटलम्यानेजमेन्ट पढेका विद्यार्थीले पनि पयर्टनमा जान पाइन्छ । व्याचलर इन ट्रभल टुरिज्म स्टडिज म्यानेजमेन्टमा पनि जान पाइन्छ । यसमा गइसकेपछि ट्राभल एजेन्सी खोल्न सकिन्छ भने टुर अप्रेटरको रुपमा पनि काम गर्न सकिन्छ । सरकारी जागिर खान्छु भनेपनि पर्यटन बोर्डतिर पनि जान सकिन्छ । हस्पीटालिटी र टुरीजम एक अर्कासँग सम्बन्धीत हुन्छ त्यसैले होटलम्यानेजमेन्ट पढ्दा टुरिज्म तिर पनि जान सकिन्छ । कुन खानाका परिकार बनाउन बढी सिकाइन्छ ? नेपालीसँगै अरु खानाको बारेमा पनि विद्यार्थीलाई सिकाइन्छ । इटिलिनय फुड , कन्टिनेन्टल फुडको बारेमा पनि सिकाइन्छ । अहिले विश्मा सबैभन्दा धेरै कन्टिनेन्टल फुड बनाइन्छ भने होटेलमा प्रयोग हुने बेशिक कुरा जस्तै सस, सुप, वेभरेज लगायतका सबै कुरा पनि विद्यार्थीलाई सिकाइन्छ । प्रयोगात्मक परीक्षा राम्रोसँग लिएर थेउरी पढ्दै गयो भने एउटा वेसिक फुड फुडसँग सम्बिन्धत पोषण लगायतका विषयमा राम्ररी जानकारी लिन्छ । यो विषय पढ्न विद्यालय छनोट कसरी गर्ने ? कुनैपनि विद्यार्थीले भर्ना हुनुभन्दा पहिले कलेजकोबारेमा थाह पाउन आवश्यक हुन्छ । सकेसम्म पहिले भिजिट नै गर्नुपर्छ । आफु के विषय पढ्दै छु त्यो अनुसारको दक्ष जनशक्ती छ या छैन, भन्ने कुरा हुर्नेपर्छ । यस्ता विषय पढ्दा पढाइसँगै प्रयाक्टिकली बढी सिक्नुपर्ने भएकाले मैले काम गर्ने ल्याब कस्तो छ, कलेजले ल्यावको कति लगानी गरेको छ भन्ने कुरालाई बिचार गर्नुपर्छ । यदि ल्याबहरू छैन पढेकोमात्र छ कसरी बनाउने भन्ने सिकेको छैन भने फ्लोरमा जाँदा केही अनुभव हुँदैन । कलेज छान्दा यि कुरामा ध्यान दिनुपर्छ । मैले अहिले के देखेको छु भने साथी भाइले रिकमेण्डेसन गरेको भरमा कलेज छनोट गरिरहेको र विद्यार्थीहरू पनि अन्धाधुन्द भनाइ भइरहेको पाएको छु । यो राम्रो होइन पहिले कलेज राम्रो बुझनुपर्छ ।