काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले भदौमा ३७ करोड रुपैयाँभन्दा बढी कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार भदौमा ९१ वटा ब्रोकर कम्पनीले कुल ३७ करोड १३ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् ।
यो साउनको तुलनामा १० प्रतिशत अर्थात् ४ करोड १४ लाख रुपैयाँ कम हो । साउनमा ब्रोकर कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए ।
भदौमा कुल कमिसन आम्दानीका आधारमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) सबैभन्दा अगाडि रहेको छ । नासाले भदौमा २ करोड ७९ लाख ३२ हजार रुपैयाँ कमिसन आर्जन गरेको छ ।
सानी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले १ करोड ३८ लाख ३५ हजार रुपैयाँ कमिसन आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले १ करोड ३२ लाख ५८ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले १ करोड ३० लाख ४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यस्तै, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले १ करोड २२ लाख ८५ हजार रुपैयाँ, दीपशिखा सेक्युरिटिज (ब्रोकर नं. ३८) ले १ करोड १२ लाख ४२ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले १ करोड १० लाख ६६ हजार रुपैयाँ र डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) ले १ करोड ५ लाख ५३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) ले ८८ लाख ६३ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट (ब्रोकर नं. ५७) ले ८५ लाख २१ हजार रुपैयाँ र नेपाल स्टक हाउस (ब्रोकर नं. १४) ले ८० लाख ४० हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२) ले ७५ लाख ९ हजार रुपैयाँ, प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२) ले ७३ लाख ७४ हजार रुपैयाँ, कोहिनूर इन्भेस्टमेन्ट (ब्रोकर नं. ३५) ले ६९ लाख ८६ हजार रुपैयाँ, दक्षिणकाली इन्भेस्टमेन्ट (ब्रोकर नं. ३३) ले ६९ लाख ५२ हजार रुपैयाँ र नबिल स्टक डिलर (ब्रोकर नं. ७७) ले ६८ लाख ९१ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यस्तै, ओपल सेक्युरिटिज (ब्रोकर नं. ४) ले ६१ लाख २८ हजार रुपैयाँ, श्री हरि सेक्युरिटिज (ब्रोकर नं. ५६) ले ५६ लाख ९५ हजार रुपैयाँ, कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले ५५ लाख ४८ हजार रुपैयाँ र सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले ५३ लाख ४४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९) ले ५३ लाख ८ हजार रुपैयाँ, अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६) ले ५२ लाख २१ हजार रुपैयाँ र लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१) ले ५१ लाख ६५ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज (ब्रोकर नं. ५०) ले ४७ लाख ४३ हजार रुपैयाँ, एसियन सेक्युरिटिज (ब्रोकर नं. २६) ले ४७ लाख १३ हजार रुपैयाँ, प्रिमो सेक्युरिटिज (ब्रोकर नं. १६) ले ४६ लाख ३२ हजार रुपैयाँ र श्री कृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८) ले ४३ लाख १ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यसपछि सुन्धारा सेक्युरिटिज (ब्रोकर नं. ५२) ले ४१ लाख ९० हजार रुपैयाँ, श्वेता सेक्युरिटिज (ब्रोकर नं. २५) ले ४१ लाख ५ हजार रुपैयाँ, सिप्रबी सेक्युरिटिज (ब्रोकर नं. २२) ले ३८ लाख ८० हजार रुपैयाँ, सिक्योर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६) ले ३८ लाख ७३ हजार रुपैयाँ र दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९) ले ३८ लाख ६७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
भदौमा सबैभन्दा कम कमिसन आर्जन गर्नेमा मनी वल्र्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) रहेको छ । उक्त कम्पनीले भदौमा ८३८ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९) ले ७१ हजार १४६ रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले १ लाख १३ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८) ले ३ लाख ४५ हजार रुपैयाँ, एस.पी.एस.ए. सेक्युरिटिज (ब्रोकर नं. ८७) ले ४ लाख ६५ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यस्तै, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८) ले ६ लाख ३ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०) ले ६ लाख ३६ हजार रुपैयाँ, भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१) ले ७ लाख ८२ हजार रुपैयाँ, ग्लोबल आईएमई सेक्युरिटिज (ब्रोकर नं. ८९) ले ९ लाख ४७ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८) ले ९ लाख ७४ हजार रुपैयाँ र सगरमाथा सेक्युरिटिज (ब्रोकर नं. १८) ले ११ लाख ४३ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
