मन्त्रीहरुको खुलेआम बार्गेनिङ, लोकतन्त्रमाथि खतरा

वर्तमान केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रहेका मन्त्रीहरूको एकपछि अर्को काण्डले बजार तताइरहेको छ । मन्त्रीहरू स्वंयमले खुलेआम बार्गेनिङ गरेको अडियो तथा भिडियो नै सार्वजनिक भएपनि उनीहरू त्यसलाई स्वीकार्न चाहिरहेका छैनन् । केही दिनअघि मात्रै बिचौलियासँग घुसको अडियो संवाद सार्वजनिक भएर विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गत मंगलबार राजीनामा दिए । घुस प्रकरणको अडियो सार्वजनिक भएपछि केही समयका लागि 'वेट एण्ड सी'को अवस्थामा रहेका उनले अन्ततः मौन रुपमा बार्गेनिङ गरेको स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिए । उनले राजीनामा दिएरमात्रै उन्मुक्ति पाउँछन् वा यो विषयमा छानबिन नै भएर उनी कारवाहीको भागिदार बन्छन् भन्ने विषय भने हेर्न बाँकी छ ।  यही प्रकरणमा भूभि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि जोडिएका छन् । तर, मन्त्री अधिकारीले पनि यस विषयलाई स्वीकारेका छैनन् । बार्गेनिङमा बोलेका सुजन लामासँग आफ्नो चिनजान भएपनि सो अडियोमा आफू नबोलेको धारणा उनको छ । उनले आफू दोषी रहे कारवाही भोग्न तयार रहेको धारणा पनि राखेका छन् । अडियो सार्वजनिक भएपछि सडकदेखि सञ्जाल हुँदै संसदसम्ममा विभिन्न सर्वसाधारण तथा विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।  यी दुई मन्त्रीमात्रै होइनन्, ओली नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरु एकपछि अर्को विवादमा तानिरहेका छन् । गृहमन्त्री रमेश लेखकको भिजिट भिसाको विषयमा रास्वपा र राप्रपाले अहिलेसम्म राजीनामाको मागबाट पछि हटेको छैनन् । तर, उनले पनि सो आरोप नकार्दै आएका छन् । उर्जामन्त्री दिपक खड्का पनि बागर्नेनिङ तथा घुसको आरोपबाट टाढा छैनन् । ओली नेतृत्व सरकारका मन्त्रीहरु एकपछि अर्को विवादमा मुछिँदा आम सर्वसाधारणमा वर्तमान सरकारमाथिको विश्वास कमजोर बन्दै गएको छ । उसो त नेपालमा राजनीतिक नेतृत्वको चरित्रप्रति नागरिकहरूको आशंका कुनै नयाँ विषय होइन । तर, पछिल्ला केही वर्षमा सत्ताको वरिपरी रहेका मन्त्री र नेताहरू एकपछि अर्को काण्डमा मुछिँदा लोकतन्त्रकै जग हल्लिन थालेको छ ।  सुतिसकेको राप्रपा अहिले सल्बलाएको छ । राजावादी हुँ भनेर लाज मान्नेहरु अहिले फ्रन्टलाइनमा देखिन्छन् । यस्ता गतिविधिले सिंगो शासन प्रणाली र लोकतन्त्रमाथि प्रहार हुने काम गर्छ । मन्त्रीहरू विभिन्न काण्डमा मुछिनु, ठेक्कापट्टा र नियुक्तिमा अनियमितता गर्नु तथा भष्ट्राचार गर्नुले नागरिकमा चिन्ता थपिएको छ ।  यी सबै प्रकरणहरूमा जोडिए पनि सरकारी तबरबाट बलियो छानबिन समिति बनाएर अनुसन्धान नगर्नुले पनि सरकारकाे नियत र चरित्र पनि प्रष्ट हुँदै गएको छ । यसले जनतामा निराशाको ग्राफ बढ्दै लगेको छ । लोकतन्त्रको मूल मर्म भनेकै जनताप्रति जवाफदेही शासन, पारदर्शिता र विधिको शासन हो । तर जब शासनमै रहेका व्यक्तिहरूले नै नियम मिच्छन् र सत्ताको आडमा उन्मुक्ति खोज्छन्, त्यो लोकतन्त्रको आत्मामाथि प्रहार हो ।  लोकतन्त्रको सबल आधार जनताको विश्वास हो । यही विश्वास आज क्षीण हुँदै गएको छ । जनताले चुनेका प्रतिनिधिहरू जब जनभावनाको खिल्ली उडाउँछन्, तब निराशाले चरम सीमा नाघ्छ । यस्तो अवस्था लामो समयसम्म रहिरह्यो भने जनतामा वैकल्पिक प्रणालीप्रतिको मोह जाग्न सक्ने सम्भावना पनि नकार्न मिल्दैन । अहिले पनि 'राजा आउ देश बचाउ' भनेर केही समूहहरु लागिरहेका छन् । केही वर्षअघि सुतिसकेको राप्रपा अहिले सल्बलाएको छ । राजावादी हुँ भनेर लाज मान्नेहरु अहिले फ्रन्टलाइनमा देखिन्छन् । यस्ता गतिविधिले सिंगो शासन प्रणाली र लोकतन्त्रमाथि प्रहार हुने काम गर्छ । अब शासकहरु सचेत बन्नुपर्छ । पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गरेर गलत गर्नेलाई नियमअनुसार कारवाही गर्नुपर्छ । विभिन्न समयमा बाहिरिने यस्ता काण्डहरु समयमै नियन्त्रण हुन सकेनन् भने जनताले फर्काएको लोकतन्त्र फेरि खोसिने खतरा रहन्छ । 

ललितपुरमा जग्गाको मूल्य २५ हजारदेखि ३९ लाखसम्म, कुन ठाउँमा कतिमा पाइन्छ ?

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरले चालु आव २०८२/८३ को लागि जग्गाको न्यूनतम्  मूल्यांकन तोकेको छ । ललितपुरमा मुख्य सहर बजारदेखि ग्रामीण क्षेत्रहरू छन् । त्यसैले ललितपुरमा जग्गाको मूल्य प्रति आना २५ हजार रूपैयाँदेखि प्रति आना ३९ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुरको मुख्य बजार मानिने कुपण्डोलदेखि लगनखेल, सातदोबाटोसम्मको जग्गाका मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कुपण्डोल सानेपा हुँदै पुरानो शान्त भवनसम्मको पिच सडकसम्म जोडिएको जग्गाको मूल्य प्रति आना १७ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती फाँट जग्गा एकीकरण आयोजनाको घडेरीको जग्गाहरूको मूल्यांकन प्रति आना १४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुर महानगर चक्रपथ भित्र र बाहिरको जग्गाहरूको मूल्य तीन लाख रूपैयाँदेखि १९ लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । च्यासलबाट बालकुमारी मन्दिर हुँदै चक्रपथ बाहिर कर्मनासा पुलसम्मको मुल पिच सडकसम्म जोडिएका दायाँबायाँको जग्गाको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कृष्ण मन्दिरबाट शंखमुल जाने पिच मोटरसँग जोडिएका जग्गा प्रति आना ११ लाख ५० हजार मूल्यांकन गरिएको छ । चक्रपथ तारबारसँग जोडिएको जग्गाको मूल्य प्रति आना २६ लाख रुपैयाँ तोकिएको छ भने गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना ५ लाख १० हजार रुपैयाँ नै उपलब्ध रहेका छन् । बाटो नभएका जग्गाहरू भने प्रति आना ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ बाहिरका जग्गाहरूमा पिच सडकसँग जोडिएका छन् भने त्यसको मूल्य प्रति आना १२ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कच्चा सडकसँग जोडिएको जग्गाहरूको मूल्यांकन प्रति आना ७ लाख ९० हजार तोकिएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बुङ्गमतीमा प्रति आना एक लाख पाँच हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । बुङ्गमतीमा मुख्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ८ लाख रुपैयाँ, अन्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ५ लाख  १० हजार रुपैयाँ, कच्ची सडक ४ लाख रुपैयाँ, गोरेटो  बाटो २ लाख ४० हजार र बाटो नभएको एक लाख ५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । खोकना क्षेत्रतिर जग्गाको मूल्य प्रति आना १ लाख २५ हजार रूपैयाँदेखि ८ लाख ९० हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । जहाँ बाटो नभएको ठाउँका जग्गाहरू १ लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् भने गोरेटो बाटो भएको ठाउँको जग्गाको मूल्य प्रति आना २ लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँमा १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । हरिसिद्धिमा जग्गाको मूल्यांकन प्रति आना १ लाख ८० हजार रूपैयाँदेखि १२ लाख २० हजार रूपैयाँसम्म गरिएको छ । मुल पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको छ । बाटो नभएको ठाउँको जग्गा भने १ लाख ८० हजार रुपैयाँमा उपलब्ध रहेका छन् । सुनाकोठीमा चापागाउँ जाने मूल पिच जोडिएका जग्गाको मूल्य प्रति आना १४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कच्ची सडक जोडिएका जग्गाहरू ६ लाख ५० हजार, गोरेटो बाटो जोडिएका जग्गा ३ लाख २५ हजार र बाटो नभएका जग्गाहरू १ लाख ७० हजार रुपैयाँमा उपलब्ध छन् । महालक्ष्मी नगरपालिकामा जग्गाको मूल्य महालक्ष्मी नगरपालिका इमाडोलमा प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि ९० हजार रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । इमाडोल क्षेत्रमा मुल पिच सडक जोडिएको जग्गा प्रति वर्गमिटर ७० हजारदेखि ८० हजार रूपैयाँसम्म, सहायक सडक जोडिएको जग्गाको मूल्य प्रति वर्गमिटर ५० हजारदेखि ६५ हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । कच्ची सडकतिर भएको जग्गाको मूल्य ४० हजारदेखि ४५ हजार रूपैयाँसम्म, गोरेटो बाटो भएको जग्गाको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म तोकिएको छ । महालक्ष्मी नगरपालिका टिकाथलीमा मुल पिच सडक जोडिएको जग्गाको मूल्यांकन ५० हजार रूपैयाँदेखि ६५ हजार रूपैयाँसम्म निर्धारण गरेको छ । सहायक पिच सडकसँग जोडिएको जग्गा प्रति वर्गमिटर ४५ हजार रूपैयाँसम्म, कच्ची सडकमा रहेको जग्गाको ३० हजार, गोरेटो बाटो भएको १५ हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको ७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।  सानागाउँमा जग्गाको मूल्यांकन प्रति आना साढे १ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु जाने पिच सडक जोडिएका जग्गाको मूल्य प्रति आना ९ लाखदेखि साढे १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै अन्य पिच सडक जोडिएको जग्गा प्रति आना ७ लाख २० हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म तोकिएको छ । गोरेटा बाटो भएका जग्गाको मूल्य प्रति आना साढे तीन लाखदेखि चार लाख रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य साढे एक लाख रुपैयाँ निर्धारण गरिएको छ । लुभुतिरको जग्गाको मूल्य १ लाख ९० हजार रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु नगर विकास आयोजनाका विकसित घडेरीको मूल्य १० लाख रूपैयाँसम्म तोकिएको छ । त्यस्तै मूल पिच सडक जोडिएको जग्गाको मूल्य प्रति आना ६ लाख ७५ हजार रुपैयाँ, कच्ची सडक भएको तिर प्रति आना ५ लाख २० हजार, गोरेटो बाटो भएको ठाउँमा तीन लाख ५० हजार रुपैयाँ र बाटो नभएको जग्गाको १ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि २५ हजार रूपैयाँदेखि जग्गा उपलब्ध छन् । लामाटारमा मूल पिच सडकसँग जोडिएको जग्गा प्रति आना ७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सहायक पिच सडक जोडिएको जग्गाको मूल्य ५ लाख ६० हजार, कच्ची सडक जोडिएको जग्गाको मूल्य चार लाख, गोरेटो बाटो जोडिएको जग्गाको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बाटो नभएको १ लाख २५ हजार रुपैयाँ रहेको छ । लामाटारकै लाकुरी भञ्ज्याङभन्दा बाहिर पर्ने जग्गाको मूल्य कच्ची सडक भएको ठाउँमा भएकोलाई प्रति आना एक लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको मूल्य २५ हजार निर्धारण गरिएको छ ।

‘टेक अफ’को बेला स्पिड कायम नगर्दा सौर्य एयर दुर्घटना, प्रमाण मेटाउने काम भएको निश्कर्ष

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । सो आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो ।  आयोगले यो दुर्घटनाको सबैभन्दा सम्भावित कारण टेकअफमा स्पिड कायम नगर्दा भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उडानको सुरुवातमै टेक अफ विमानलाई आवश्यकता भन्दा ढिलो गति (कम स्पिड) मा अत्यधिक तीव्र गतिमा अगाडि तान्दा( पिच गर्दा) भएको गहिरो स्टल हो । यसले गर्दा विमानको प्वाँखमा पर्याप्त उथान (लिफ्ट  बन्न सकेन र विमान खस्ने अवस्थामा पुग्यो ।’ प्रतिवेदनले घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाएर प्रमाण मेटाएको दाबी गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाई एयरलाइन्सको कार्यालय पु¥याइनु प्रमाण मिटाउने कार्य मानिन्छ, यसले विमानस्थल प्रशासनको लापरवाही देखाउँछ ।’आयोगले प्रतिवेदनमा विभिन्न २९ बुँदामा दुर्घटनाको ‘फाइन्डिङ’ उल्लेख गरेको छ ।  आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र वरपरका संवेदनशील क्षेत्रहरूलाई न त वर्गीकृत गरिएको थियो न त आपतकालीन अभ्यासमा समावेश गरिएको भन्दै दुर्घटनास्थल नजिकको आपतकालीन गेट पनि अबरुद्ध रहेको उल्लेख गरेको छ ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सेवा म्यानुअल अनुसार आवश्यक उपकरण र जनशक्तिको टाक्स रिसोर्स एनालाइशिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ । जसले उद्धार कार्य प्रभावित बनेको प्रतिवदेनमा उल्लेख छ ।  गैर–निर्धारित उडानहरूको अनुमति र सञ्चालनका लागि पर्याप्त एसओपी र प्रावधानहरू नभएको, रेगुलेटेड टेक अफ वेटको अनुमोदन वा स्वीकृतिको लागि कुनै विशिष्ट चेकलिस्ट विकास नगरिउको विषय पनि प्रतिवेदनमा छ ।  नागरिक उडड्यन प्राधिकरणद्वारा नियमित र्याम्प निरीक्षणहरू प्रभावकारी रूपमा नगरिएको यदि नियमित गरिएको भए झोला वा कार्गो लोडिङमा भएका त्रुटिहरू पहिले नै पहिचान गर्न सकिने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, उडानको समयमा मौसम राम्रो रहेको, ८ किलोमिटर दृश्यता रहेको र हावा पनि शान्त रहेको उल्लेख छ । अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको प्रावधानहरू पालना गर्न नसकेको पनि दाबी गरिएको छ ।  प्रतिवेदनमा भनिएको छ, ‘सामग्रीहरू न त गोदामबाट बाहिर निकाल्दा न त विमानमा राख्दा तौलिएको थियो, मर्मतसम्बन्धी उपकरणहरू पनि यात्रु क्याबिनमै राखिएको थियो, सामानहरूलाई कुनै पट्टी, बाँध्ने डोरी वा जालद्वारा सुरक्षित गरिएको थिएन, लोडिङको निगरानी पर्याप्त र जिम्मेवारपूर्वक गरिएको थिएन,  भारको वितरणको आधारमा केन्द्रगुरुत्वको स्थानगणना गरिएको थिएन, विमानमा एयरलाइन्ससँग सम्बन्ध नभएका व्यक्ति र आवश्यक नभएका क्रू सदस्यहरू पनि सवार थिए ।’