२० अर्बकाे विद्युत् उत्पादन कम्पनी स्थापना गर्ने मन्त्रिपरिषदकाे निर्णय, सर्बसाधारणाकाे सेयर २९ प्रतिशत हुने
काठमाडौं, २० असोज । आज बसेको मन्त्रिपरिषदको बैठकले विद्युत् उत्पादन कम्पनी स्थापना सम्बन्धी संरचनाको मन्त्रिपरिषदले स्वीकृत गरेको छ । केही वर्षयता कम्पनी स्थापना गर्ने भनिए पनि विभिन्न बाबजुदको कारण सरकारले कम्पनी स्थापना गर्न सकिरहेको थिएन । सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी सरकारले उक्त कम्पनी स्थापना गर्न लागेको हो । सरकारले जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापनाबाट नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानी जस्ता जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको छ । सरकारले नेपालको पानी जनताको लगानी सहितको अल्पकालिन तथा दिर्घकालिन योजना र राष्ट्रिय उर्जा संकट निवारण कार्य योजनालाई कार्यान्वयन गर्न कम्पनी ऐन २०६३ बमोजिम विद्युत उत्पादन कम्पनी लिमिटेड स्थापना गरेको हो । उक्त कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ हुनेछ भने कम्पनीको अधिकृत पूँजी भने २० अर्ब रुपैयाँ हुनेछ । सरकारले तत्कालका लागि जारी पूँजी १० अर्ब र सस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी दुई अर्ब रुपैयाँ रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । विद्युत उत्पादन कम्पनीमा सर्बसाधारण नागरिकका लागि १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत र अति विपन्न परिवारलाई दुई प्रतिशत रहने गरी सेयर दिने योेजना बनाएको छ । त्यसैगरी कम्पनीमा नेपाल सरकार उर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको पाँच प्रतिशत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडको चार प्रतिशत, नेपाल दूरसंचार कम्पनी लिमिटेडको १० प्रतिशत र राष्ट्रिय बिमा संस्थानको दुई प्रतिशत सेयर रहेको जानकारी पनि उर्जा मन्त्रालयले दिएको छ ।
अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया
काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने । उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ । नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।
चारतारेकै स्तरबाट पाँचतारेको सेवा दिँदै हिमालय होटल, ३६ वटा कोठा तत्काल थप गर्ने तयारी
काठमाडौं २०, असोज । राजधानीको चारतारे होटल हिमालयले आफ्नो स्तर र क्षमता बढाउने भएको छ । होटलले पाँचतारे सरहको सेवा र सुविधा दिइरहेको छ भने स्तर वर्गिकरणमा भने चार तारे मात्रै लिएको छ । होटलले कोठा र सेवा सुविधा थप गरेर पाँचतारेको भन्दा पनि गुणस्तरीय सेवा सुविधा दिने भएपनि स्तर वर्गीकरणमा भने चार तारेकै लिने जानकारी दिएको छ । होटलमा हाल १२५ कोठा रहेको भएपनि सेवा र सुविधा विस्तारका लागि अझैं ३६ वटा कोठा थप गर्न लागिएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रल्हादराज कुँवरले बताए । उनका अनुसार होटल ५७ रोपनी क्षेत्रफलमा फैलिएकको यो होटल संचालमा आएका पाँचतारेको सेवा सुविधा भन्दा राम्रो सुविधा प्रदान गरिहेको छ । यो होटलले तारा पनि स्तारोन्नति गरेर पाँचतारे लिने भनेपनि होटलमा आउने यूरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, एनजीओ र आइएनजीको ठूलो ग्रुपबाट राम्रो व्यापार लिएको छ । यस्तो ग्रुप पाँच तारे होटलमा नबस्ने र सेवा सुविधा पाँचतारे वा सो भन्दा बढी भएपनि चारतारे भन्न सहज हुने भएकोले ती ग्रुपको हिमालय होटलमा आकर्षण हुने गरेको पनि होटल स्रोतको भनाइ छ । होटलका अनुसार स्तर निर्धाणर होटलले चाहेकै समयमा हुने भएकोले पनि गुणस्तर र ब्राण्डमा पहिलो प्राथमिकता हुने उल्लेख छ । होटललमा भएको सेवा सुविधा र एउटा कोठा थप गर्ने लाग्ने करिब एक करोडको लगानिले पाँचतारे वा सो सरहको सेवा सुविधा होटलमा रहेको छ । होटलमा जुनियर स्वीट्स, एक्जुकेटिभ र डिलक्स रुम रहेका छन् । थप हुने कोठमा एउटा प्रेसिडेन्टल स्वीट्ससहितको अन्य एक्जुकेटिभ र डिलक्स रुम थप हुने होटलले जानकारी दिएको छ । होटलमा पाँच तारेका लागि चाहिँने सबै सेवा सुविधा पुगिसकेको छ । राजधानीका अन्य होटल एक सय कोठमा नै पाँचतारे भएका छन भने हिमालयको अहिले नै १२५ वटा छ भने थप ३६ वटा थप हुनुले यसको सेवा सुविधा र गुणस्तरलार्य पनि बढाउने होटलको दाबी छ । चार तारे होटलमा स्तर निर्धारण गरेको भएपनि यो होटलको गुणस्तर, सेवा र सुविधा पाँच तारेसरहकै रहेको पनि कुँवरले बताए । हाल नेपालमा हिमालय र शंकर होटल मात्रै चारतारे स्तरमा संचलान भएका छन् । पाँचतारे होटल भने हाल नौ वटा संचालनमा रहेका छन् । आगामी तीन वर्ष भित्रमा थप आधा दर्जन चारतारे होटल थप गर्ने घोषणा पनि विभिन्न व्यवसायीक समूहले गरेका छन् ।