जुवामा सबैभन्दा धेरै गुमाउने १० मुलुकहरू, जहाँ ८० प्रतिशत युवा युवती जुवा खेल्छन्
काठमाडौं, २५ असोज /दशैं तिहारलाई धार्मिक सांस्कृतिक मान्यताका अवला जुवा खेल्ने अवसरका रूपमा पनि हेर्न थालिएको छ । चाडबाडमा खेलिने जुवामा धेरैले कमाउने गरेका छन भने धेरैले सर्वस्व गुमाउने पनि गरेका छन् । संसारमा यस्ता केही मुलुक छन जसलाई जुवा घरका रुपमा हेरिन्छ । एच टु ग्याम्बलीङका अनुसार संसारमा १० वटा मुलुकलाई जुवा घरका रुपमा चिनिन्छ । ती देशको अर्थतन्त्रले जुवा घरबाट ठुलो मात्रामा राजश्व संकलन गर्दै आएका छन् । तर त्यहाँ जनताले भने बर्षेनी जुवाको खालमा आफ्नो सम्पति गुमाउने गरेका छन् । जसका कारणले समाजमा अशान्ति र अपराध बढेको आरोप पनि खेपिरहेका छन् । यी हुन संसारका जुवा घरका रुपमा चिनिएका १० मुलुक अष्ट्रेलिया प्रति व्यक्ति १२०० डलर गुमाउँछ अष्ट्रेलियामा ८० प्रतिशत युवाहरु कुनै न कुनै प्रकारको जुवामा सामेल हुने गरेका छन् । अष्ट्रेलियामा जुवाबाट जितिएको सम्पतिमा कर लाग्दैन् अझै नागरिकलाई थप अनुदानको व्यवस्था गरिन्छ । जुवा खेलाउनेहरुलाई भने ठुलो मात्रामा कर लगाइएको हुन्छ र सरकारको १० प्रतिशत राजश्व समेत जुवा घरबाटै प्राप्त हुन्छ । एक अध्ययनले अष्ट्रेलियाका युवाहरुले बार्षिक १२०० डलर औषत रकम जुवामा हार्ने गरेका छन् । मोनाश युनिभर्सीटीका अध्येताहरुका अनुसार पुर्वोत्तर राज्यहरुमा जुवाको लत बढि छ र जसले गर्दा अपराध र घरेलु हिंसा र मानसिक बिरामीहरुको संख्या बढिरहेको छ । सिंगापुर सिंगापुरका युवाहरुले बार्षिक औषत ११७४ डलर जुवाको खालमा गुमाउने गरेका छन् । सन २०१० मा सिंगापुरमा मेरिना बे स्याण्ड र रिसोर्ट्स वल्र्ड सेन्टोसा नामका दुई वटा क्यासिनो खोलिए । यी दुबैमा विदेशी पर्यटकलाई निःशुल्क प्रवेश र सिंगापुरेका लागि एक सय डलर प्रवेश शुल्क तोकियो । सिंगापुरे नागरिकलाई क्यासिनो प्रवेशमा निरुत्साहित गर्न एक सय डलर प्रवेश शुल्क तोकिए पनि त्यो असफल भयो । अहिले सिंगापुरका नागरिकले प्रति बर्ष ११७४ डलर गुमाउँदै आएका छन् । आयरल्याण्डः ५८८ डलर बार्षिक द लक अफ आइरिस नामको विश्वासलाई आइरिस जुवाडेहरुले अझै पनि विश्वास गर्छन् । यद्यपी आयरल्याण्डमा क्यासिनोलाई अबैधानिक मानिन्छ । तर कानुनको आखाँ छल्दै प्राइभेट क्लबहरुले भित्रभित्रै क्यासिनो सञ्चालन गरिरहेका छन् । यो देश बिशेष गरि खेलकुदमा बाजी थाप्नेहरुका लागि परिचित छ । यहाँ अनलाइनबाट पनि ठुलो मात्रामा जुवा सञ्चालन गरिन्छ । पेडी पावर आयरल्याण्डको सबै भन्दा ठुलो र पहिलो जुवा सञ्चालन गर्ने कम्पनी हो । यसको अनलाईन बजार भन्दा स्थानिय बजार पाँच गुणा बढि ठुलो रहेको मानिन्छ । यहाँका जनताले बार्षिक ५८८ डलर जुवामा गुमाउने गरेको बताइन्छ । क्यानाडाः ५६८ डलर क्यानाडामा सबै तिर जुवालाई बैधानिकता प्रदान गरिएको छ । यद्यपी देशका १० वटै प्रान्तमा आ आफ्नै नियमद्धारा जुवालाई व्यवस्थित गरिएको छ । पोकर, खेलकुद र स्किल गेम्सहरुमा क्यानेडियन जुवाडेहरुको बिशेष रुचि रहेको छ । प्रत्येक क्यानेडियन नागरिकले बार्षिक ५६८ डलर जुवाको खालमा हार्ने गरेका छन् । यसलाई मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा मान्ने गरिएको छ । फिनल्याण्डः५५३ डलर बार्षिक फिनल्याण्डमा जुवा घरबाट संकलन गरिएको राजश्वलाई सामाजिक सुरक्षाका क्षेत्रमा खर्च गरिँदै आइएको छ । यस मुलुकका नागरिक बर्षेनी औषतमा ५३३ डलर गुमाउने गरेका छन् । इटाली इटालीका जनताले बर्षेनी औषतमा ५१७ डलर जुवाको खालमा हार्ने गरेका छन् । पछिल्लो केहि बर्षदेखि इटाटीले जुवालाई प्रोत्साहन दिँदै आएको छ । नयाँ क्यासिनो खोल्नेदेखि सञ्चालन प्रक्रियालाई सहज बनाईरहेको छ । युरोपमै इटालीलाई क्यासिनो सञ्चालनका लागि उपयुक्त मुलुक मानिन्छ । हङकङ हङकङका नागरिकहरुले प्रत्येक बर्ष ५०३ डलर हार्ने गरेका छन् । सरकारले आधिकारीक रुपमा जुवा घर सञ्चालनको व्यवस्था गरेको छ । हङकङ जकी क्लबले त्यहाँ सबै भन्दा ठुलो करदाताका रुपमा योगदान पुर्याउँदै आएको छ । हङकङका नागरिकले अनलाईन जुवालाई प्राथमिकता दिँदै आएको बताइन्छ । नर्वे नर्वेका नागरिकले बार्षिक औषत ४४८ डलर जुवामा हार्ने गरेका छन् तै पनि त्यहाँ जुवालाई अबैधानिक मानिन्छ । सन २०१० मा सरकारले बैंकका कार्डहरुबाट क्यासिनो वा जुवा घरमा रकम तिर्न नपाउने व्यवस्था ल्याएको थियो । तैपनि त्यहाँ जुवाका पारखीहरुमा कुनै कमी आएको छैन् । ग्रीस ग्रीसका नागरिकले बर्षेनी ४२० डलर रुपैंयाँ जुवामा हार्ने गरेका छन् । पछिल्लो समय ग्रीस चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । जसको कारणका रुपमा जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । ग्रीसमा सरकार लगानीमै क्यासिनो तथा जुवा घरहरु सञ्चालनमा रहेका छन् । ग्रीस सरकारले २ दशमलब ३ बिलियन डलर रुपैंयाँ क्यासिनोलाई तिर्न बाँकी नै छ । ग्रीसको आर्थिक संकटको कारण जुवा अर्थात क्यासिनोहरुलाई पनि लिने गरिएको छ । विश्व बैंक र मुद्रा कोषले ग्रीस सरकारलाई सरकारी उद्योग तथा कलकारखाना निजीकरण गर्नका लागि ठुलो दबाव दिईरहेका छन् । स्पेन स्पेनका नागरिकले बर्षेनी औषतमा ४१८ डलर हार्ने गरेका छन् । स्पेन खेलकुदमा बाजी लगाउनेहरुका लागि परिचित छ । त्यहाँको स्पेनले २० प्रतिशत कर चिठ्ठाबाट प्राप्त गर्ने गरेको छ । त्यहाँको ६० देखि ६५ प्रतिशत जुवा ग्रे मार्केटमा हुने गरेको छ ।
दशैंमा सेल्फि खिच्ने हो र ? सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट स्मार्टफोन यी हुन
सेल्फी नयाँपुस्तामा आम संस्कृतिकै रुपमा विकशित भएको छ । सेल्फी क्लिक गर्नु भने अहिले दैनिक जिवनको अभिन्न पाटो बनिसकेको छ । स्न्यापच्याट तथा इन्स्टाग्राम जस्ता एपहरुले सेल्फी संस्कृतिलाई झनै बढावा दिएको छ । सेल्फी संस्कृति बढ्दै जाँदा स्मार्टफोनहरुमा उच्चस्तरीय सेल्फी क्यामराको खोजी हुने नै भयो । सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः १. हुवावे पि ९ यसको मूख्य क्यामरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । सेल्फी क्यामराले भिडियो कलिंगमा पनि उत्कृष्ट काम गर्दछ । यो फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेकेा छ । २.जिओनी एस सिक्स एसः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । जसमा फ्रन्ट फ्लास तथा स्क्रिन फ्लास समेत रहेको छ । कम प्रकाशयुक्त क्षेत्रमा पनि यसले उत्कृष्ट सेल्फी खिच्दछ । यसमा १३ मेगापिक्सेलको अटोफोकसन मुख्य क्यामरा रहेको छ । ३. सोनी एक्सपेरिया एक्स डुअलः यसमा १३ मेगापिक्सेलकेा सेल्फी क्यामरा रहेको छ । साथै यसमा सोनीको आफ्नै एफएक्सएमओर आर एस सेन्सर रहेको छ । यो फोनमा मुख्य क्यामरा २३ मेगापिक्सेलको रहेको छ । यसले फूल एचडी भिडियो खिच्न सक्दछ । फोटोग्राफी तथा सेल्फीका शौखिनका लागि यो फोन उत्कृष्ट रोजाइ बन्न सक्ने देखिएको छ । ४. सोनी एक्सपेरिया एक्स जेडः गत महिना लञ्च भएको यो स्मार्टफोनमा पनि १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ र एफएक्स मोर आरएस इमेज सेन्सर रहेको छ । यो स्मार्टफोन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन भएको विश्वको पहिलो स्मार्टफोन भएको दाबी सोनीको छ । ५.एसस जेनफोन थ्री डिलक्सः यसमा ८ मेगापिक्सेलको प|mन्ट क्यामरा, ८५ डिग्री वाइड एंगल लेन्स रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्दछ र सोनीको सेन्सरयुक्त २३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । ६. ओप्पो एफ वान एसः कम्पनीले यो फोनलाई सेल्फी एक्सपर्टको नामले मार्केटिंग गरिरहेको छ । यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ जसमा ब्यूटी फिचर पनि छ । यसको मुख्य क्यामरा भने १३ मेगापिक्सेलको छ । ७.ग्यालेक्सी जे सेभेन प्राइमः यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । साथै यसमा अटोफोकसयुक्त १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनुका साथै एलइडी फ्लास पनि रहेको छ । ८.एलजी एक्स क्यामः हुवावेको पि नाइन जस्तै एलजीको एक्स क्याममा पनि दुइवटा मुख्य क्यामरा तथा एउटा सेल्फी क्यामरा छन् । मुख्य क्यामरामध्ये एउटा १३ मेगापिक्सेलको र अर्को ५ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । जसमा ब्यूटी मोड पनि छ । ९. लेनोभो भाइब के फाइभ नोटः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । एजेन्सीको सहयोगमा
दसैं जहाजमै मनाउछु-क्याप्टेन विजय लामा
विजया लामा, क्याप्टेननेपाल वायुसेवा निगम नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले निगमकै जहाज २९ वर्ष उडाइसकेका छन् । स्पष्ट वक्ता, मिलनसार र सार्वजनिक व्यक्तित्व लामा दसैंको समयमा अरूको खुशीमा रमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज उडाएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने गरेको उनै लामासँगको विकासन्युजले गरेको यो वर्षको दसैं वार्ता : दसैं कसरी मनाउनुहुन्छ ? मेरो दसैं भनेकै आम नेपालीको दसैं हो । जहाजमा उड्ने र जहाजमा नेपाली यात्रुलाई सेवा दिँदैमा दसैं बितेको पत्तै हुँदैन । विगत २९ वर्षदेखिको मेरो दसैं कहिले जहाज त कहिले देश बाहिर (जहाज उडाउने क्रममै) हुनेगर्छ । अहिलेसम्म कुनै पनि दसैं आनन्दले बसेर मनाउँन पाएको छैन, दसैं मनाउन नपाएको र परिवारलाई समय दिन नपाएको कुनै गुनासो पनि छैन । अधिकांश नेपाली दसैंमा परिवसारसँग बसेर रमाइलो गर्छन्, तपाईको मनमा पनि कहीँ न कतै परिवारसँग दसैं मनाउन नपाएकोमा खल्लो महसुस होला नि ? पेशाले पाइलट भएपछि म जहाज उडाउँदिन, घरमा दसैं मनाएर बस्छु भन्न मिलेन । म एक जनाको सेवाले सयौ नेपाली दाजुभाई दिदीबहिनीले दसैं मनाउन पाएका छन् । आम नेपालीको खुशी नै मेरो खुशी हो । मेरो दसैं तिहार भनेकै सधै जहाजकै उडान सफल रूपमा सम्पन्न गर्नुमा हुन्छ । उसो भए, यसपाली दसैंको टीकाको साइत जहाजमै हुन्छ ? यो वर्ष र हरेक वर्ष जहामा नै हुन्छ । जहाज उडानकै क्रममा दसैंको टीकाको साइत परेको हुन्छ । यो वर्ष भने म अघिल्लो दिन काठमाडौंबाट जहाज उडाएर दुबई पुगेको हुन्छु । दसैंको टिकाको दिन दुबईबाट आउनुपर्ने भएकोले साईतको बेला म उतै हुन्छु । टीका त लगाउनुहुन्छ नि ? लगाउँछु । हरेक दिन शुभ यात्राको कामना गर्दै र हरेक वर्ष दसैंमा टीका लगाउँछु । मलाई टीका मन पर्छ । दसैंको टीका पनि लगाउँछु । नेपाली दाजुभाइसँग भेटघाट गर्ने र रमाइलो मान्दै उहाँहरूबाट नै टीका लगाउने गर्छु । मलाई नेपाली दाजुभाइले निकै माया गरेर टीका लगाउँन आग्रह गर्नुहुन्छ । मलाई जसले लगाइदिए पनि खुशीसाथ लाउने गरेको छु । नेपाल बाहिर हुँदा गैर आवासीय नेपाली संघ तथा नेपालीको समूह भएको ठाउँमा पुगेर लगाउने गरेको छु । मेलै एक जनाले दशमीको टीका घरमा नलगाएर उडान गर्दा धेरै नेपालीको निधारमा टीका लाग्छ । धेरै जना नेपालीको खुशी मेरो पनि खुशी हो । तपाईको घर काठमाडौं मै छ । समय मिलाएर घर त जानुहुन्छ होला नि दसैमा ? म दसैं मूख्य दिन फूलपाती, अष्टम, नवमी र दशमी सबै दिने फ्लाइटमा नै हुन्छु । बैंकक, हकङकङ, क्वालालम्पुर, दुवाई उडान गरेर बसिरहेको हुन्छ । आफ्नो परिवारसँग अष्टमीको दिन विहान खान भ्यान्छ कि भन्ने आशा छ । त्यसमा पनि क्याप्टेन स्याण्डवाई बसिरहुपर्ने भएकोले नभ्याइन पनि सक्छ । मलाई राष्ट्रिय ध्वजाबाहक उडाउनुमै मज्जा छ । कुनै दुखेसो र गुनो छैन । परिवारका सदस्यहरु कहाँ हुनुहुन्छ ? बुबा, दिदी र श्रीमती काठमाडौं नै हुनुहुन्छ । दाई र भाई अमेरिकामा हुनुहुन्छ । दुई छोरीहरू एकजना न्यूयोर्क र अर्की इटाली छन् । क्याप्टेन विजय लामालाई भेट्ने अनि कुरा गर्न चाहनेलाई भेट्दा कस्तो लाग्छ ? मलाई भेट्न चाहने धेरै नेपाली हुन्छन् । म पनि सबैसँग घुलमिल हुन चाहन्छु । हात मिलाउँछु, मलाई धेरै नेपालीले माया गर्नुहुन्छ । जहाजमा नेपालीले भेट्ने कुरा गर्ने, फोटो खिच्ने गर्छन्, मलाई रमाइलो लाग्छ । धेरै नेपालीले तपाईलाई माया गर्छन, तर नेपाल वायु सेवा निगमले पटक पटक तपाईलाई कारकाही गर्छ भन्ने सुनिन्छ नि ? म आफूले जानको र देखेको कुरालाई कहिल्यै लुकाउँदिन । मलाई झुटो बोल्न पनि आउँदैन । म मिडियाका साथीहरूसँग पनि नजिक छु । उहाँहरूले सोधेको कुरा भनिदिने र सत्य बोलेकै कारण बेलाबेलामा कार्यालयले स्पष्टीकरण सोध्छ । कारवाही गर्न खोज्ने पनि गर्छ । मैले कारवाही गर भन्छु । आफ्नो हतियार नै शुभचिन्तक हुन । नचाहिँदो कुरा बोलेको छैन, भएकै कुरा बोल्दा र साँचो बेल्दा कारवाही वा कसैले गाली गर्छ भने मलाई स्वीकार्य छ । तर अहिलेसम्म कारवाही गरेको भने छैन । तपाई जस्तै सबै पाइलटहरुको दसैंमा जहाजमा नै मित्ने हो ? कतिपयले मेरो घरमा पार्टी छ, म जहाजमा उड्दिन पनि भन्ने गरेका छन् । दसैमा परिवारसँग बस्न नपाएकोमा गुनासो गर्ने पनि छन् । घर जान पाए हुन्थ्यो भनेर आफ्नो ड्यूटी मिलाएर जाने त सामान्य हो । तर, कसैलाई चाहिँ यो उडान गर्छु, यो उडान गर्दिन भन्ने भावना पनि आउँदो रहेछ । त्यस्तो अवस्थामा ड्यूटीको समय सकेसम्म मिलाउने गरिएको छ । तपाईको कमाई चाँही कति हुन्छ ? विश्वमै कम आम्दानीमा जहाज उडाउने संस्था नेपाल वायुसेवा निगम हो । आम्दानी कम हुन्छ । विदेशमा बढी हुन्छ । तर नेपाल वायुसेवा निगमका पाईलट, कर्मचारीले सन्तुष्टिका साथ गरेका हुन्छन । आफ्नो देशप्रतिको माया र नेपालमै केही गरौं भन्ने चाहनाले मात्रै यहाँ बस्ने गरेका छन् । आम्दानी, सेवा सुविधा हेर्ने हो भने त नेपालभन्दा बाहिर पाइटलाई मात्रै हैन अरुलाई पनि राम्रो छ ।