विश्वले नै सबैभन्दा धेरै रुचाइएको गन्तव्य अष्ट्रेलिया हो- नवराज केसी
स्कुलको शिक्षक, प्रधानध्यापक, आएल्स प्रशिक्षक हुँदै आज सफल परमर्शदाता हुन् नवराज के सी । उनीसंग यो क्षेत्रमा १२ वर्षको अनुभव छ । ठुलो अन्तर्राष्ट्रिय स्तरको संस्था हाकिरहेका केसीले धेरै विद्यार्थीहरुको बैदेशिक शिक्षाको सपना पुरा गरिदिएका छन् । पछिल्लो समय नेपाली विद्यार्थी गुणस्तरीय शिक्षाको खोजिमा विभिन्न मुलुकमा पुग्ने गरेका छन् । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवावर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । प्रस्तुत छ यसै विषयमा एसआइईसी डाइरेक्टर नवराज केसीसँग विकासन्युजका राजाराम न्यौपानेले गरेका कुराकानी । नवराज केसी, संचालक, सोनिया इन्टरनेशल एजुकेशन एण्ड क्यारियर्स (एसआइईसी) कन्सलटेन्सी आम जनमानसले कसरी बुझ्ने ? कन्सलटेन्सी जसलाई नेपालीमा शैक्षिक परार्मश दिने व्यवसाय पनि भनिन्छ । विशेष गरि विदेशमा अध्यय गर्न जानेहरुलाई कुन कलेज जाँदा राम्रो हुन्छ भनेर सल्ला दिने हो । कुन विषय, कुन कोर्ष पढ्दा राम्रो हुन्छ र पछि नेपाल फर्कदा वा उतै बस्दा कस्तो खालको अवसर पाहिन्छ भन्ने विषयमा बुझाउनेहरुलाई नै कन्सलटेन्सी भनिन्छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका हुन् ? अहिलेको समयमा मध्यम र उच्च वर्गका विद्यार्थीहरु नै धेरै छन् । यो त्यति सस्तो पनि छैन । थोरैमा पनि १०/११ लाख लगानी गर्नु पर्ने हुन्छ । विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, जर्मनी, डेनमार्क र चीनलगायतका देशमा जाने गरेको देखिन्छ । अहिले सम्पतीको मूल्यपनि धेरै बढेको छ । शैक्षिक लोनहरु लिएर विदेश अध्ययन गर्न जानेहरु पनि छन् । नेपाल छाडेर अन्य देश अध्ययन गर्न जाँदा के के फाईदा हुन्छ ? विद्यार्थीको पहिलो उद्देश्य भनेको पैँसा कमाउनु भन्दापनि पढ्ने हुनु पर्दछ । नेपालमा भन्दा विकसित मुलुकमा गएर पढेका विद्यार्थीहरु सक्षम र दक्ष हुन्छन् । सरकारले तोकेको समय काम पनि गर्न पाँउछन् । अन्तराष्ट्रिय विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउछन् । उनीहरुले काम गर्दै गर्दा सीप पनि सिकेर दक्ष बन्न सक्छन् । कतिपय देशले १÷२ वर्ष पढेपछि कामका लागि भिषा पनि दिने गरेको छ । त्यसले विद्यार्थीलाई सहयोग हुन्छ । नेपाली विद्यार्थीले विदेशमा गएर अध्ययन र सीप सिकेर स्वदेशमा नै आएर काम गरिरहेका हुन्छन् । नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ? नेपालमा विद्यार्थीले पढ्न चाहेको कोर्स छैन । रिसर्चबेसको कोषहरु पनि छैनन् । महाविरपुन जस्ता व्यक्तिहरुले नेपालमा आविष्कार केन्द्र खोल्छु भन्दा पैँसा मागेर हिड्न परेको छ । नेपालकै विश्वविद्यालय हाता भित्रनै राम्रो रिसर्च भएको भए अहिले उनी पैँसा माग्दै हिडने अवस्था हुँदैन थियो । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशीयका हुन् । नेपालबाट बाहिर अध्ययनका लागि गएका कति विद्यार्थीले पढाइ पुरा गर्छन् ? नेपालबाट अन्य देश अध्ययन गर्न गएका विद्यार्थीहरुको मानसिकता नै पैँसा कमाउने भन्ने हुन्छ । ५०/६० प्रतिशत विद्यार्थीले समयमा नै पढाइ सकाएका छन् । विद्यार्थीले पढाइसँगै पैसा पनि कमाइ रहेका हुन्छन् । कन्सलटेन्सीहरुका लागि चुनौती के के छन् ? कन्सल्टेन्सी भनेको चुनौती नै चुनौतीले भरिएको ठाँउ हो । सबैभन्दा ठुलो समस्या भनेको अहिले कन्सलटेन्सीको नाममा भित्रिएका नयाँ व्यतिmहरु हुन् जस्तो मलाई लाग्छ । नयाँ भित्रियकाहरुको नियत कस्तो हो ? उनीहरु सेवा दिने हिसाबले आएका भए त राम्रो हो तर अन्य नियतले आएका रहेछन् भने कन्सलटेन्सीलाई समस्या बनाएर जान्छन् । कन्सलटेन्सीले कामको भिषा मिलाइ दिन्छु भन्दै २/४ करोड उठाएर भागीरहेका छन् । त्यस्ताले हामी दायाँ बायाँ नगरी काम गर्नेहरुलाई समेत असर पारेर जान्छन् । नेपालमा कति कन्सलटेन्सीहरु छन् ? नेपालमा लगभग २ हजारको हाराहारीमा कन्सलटेन्सी संचालित छन् । १२/१३ सय कन्सलटेन्सीहरु मात्रै दर्ता भएर संचालन भएका छन् । अरु बाँकी दर्ता बिना संचालन भैरहेका छन् । तिनीहरुले सरकार र हामीलाई चुनौती दिइरहेका छन् । उनीहरुले नराम्रो काम गरेको बेला हामी कन्सलटेन्सी व्यवसायहरु मारमा पर्ने हो । हामीले पनि इक्यानमा बसेर हेरीरहेका छौँ । यसलाई कसरी व्यवस्थीत गर्ने भनेर हाम्रो पनि दाहित्व छ । नराम्रो देखीदा हामीले पनि प्रतिक्रिया दिने गरेका छौं । प्रतिवर्ष कति नेपाली विद्यार्थी अध्ययनको लागि बाहिर जान्छन् ? कति फर्केर नेपाल आउछन् ? उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग हुँदैन । थोरैमा पनि १५ हजार जति विदेश अध्ययनका लागि जाने गरेका छन् । नेपालबाट विदेश अध्ययनका लागि गएका ५ देखी १० प्रतिशत मात्रै नेपालमा आउने गरेका छन् । विदेशमा अध्ययन पुरा गरे पछि नेपाल आएकाहरु पनि अवसर नपाएर पुन विदेशनै जाने गरेका छन् । लगानी गर्ने वातावरण र रोजगारीको अवसर नहुँदा नेपाल फर्किदैनन् । नेपालमा कर्मचारीतन्त्र पनि त्यस्तै खाले छ । कुनै कम्पनी संचालन गर्छ र त्यसबाट फाइदा भएन भने उ पुनः विदेशीन्छ । नेपालमा पनि रोजगारी र लगानीको वातावरण हुने हो भने विदेशमा अध्ययन साकिए पछि नेपाल आउथे । कोरियाका विद्यार्थीहरु पनि अन्य देशमा अध्ययन गरेर आफ्नो देशमा गएर विकास गरिरहेका छन् । त्यो देशमा रोजगारी र काम गर्ने वातावरण छ । नेपालको भन्दा विदेशको कोर्समा के फरक छ ? खास नेपाली विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुको मूल कारण चाँही के हो ? कोर्स स्ट्रकचर उस्तै उस्तै हो तर अध्ययन गराउने तरिका फरक छ । हामीले एक वर्ष पढेर एउटा परीक्षा दिइरहेका हुन्छौं, तर विदेशमा सेमेस्टर प्रणालीमा कक्षाहरु संचालन हुन्छन् । प्रोजेक्ट बेस र स्कीलवाला कोर्सहरु अध्ययन गराउँछन् । उनीहरुले बजारको मागअनुसारको कोर्स बनाउछन् तर हाम्रो देशमा २५ वर्ष अगाडी देखीको कोर्स हामीले पनि पढ्यौ र हाम्रा सन्ततीले पनि सायद यहि पढ्लान । कुनै एक जना विद्यार्थी विदेश अध्यय गर्न चायो भने कति खर्च लाग्छ ? थोरैमा १० लाख देखि धेरैमा २०/२२ लाखसम्म खर्च लाग्छ । देश हेरेर, कोर्स हेरेर, कुन स्थानको कलेज अध्ययन गर्ने हो । तिनै कुराले कतिखर्च हुन्छ भनेर निधारण गर्छ । नेपालबाट अध्ययन गर्न गएका विद्यार्थीले अध्ययन गरेनन् भने त्यहाँको सरकारले के गर्छ ? त्यहाँको सरकाले कलेजमा ८० प्रतिशत उपस्थित हुनु पर्छ भनेको छ । विद्यार्थीको उपस्थिति देखीएन भने सिधै इमिग्रेसन मार्फत नेपाल पठाउँछ र विद्यार्थीको भिषा रद्ध हुन्छ । कन्सलटेन्सीहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्ने आरोप पनि छ नि? आरोप त जस्ले जस्लाई जे पनि लगाउन पाँउछ । बिचमा गलत प्रकृतीका मान्छेहरु भित्रीय त्यसपछि यो क्षेत्रमा हिलो छ्यापिएको छ । राम्रो र नराम्रो सबै ठाउँ हुन्छ । नराम्रो भएन भने राम्रोको कुनै महत्वनै हुँदैन । यो क्षेत्रलाई मेनपावर नै चाँहि भन्न मिल्दैन । बौद्धिक वर्गलाई अझ बौद्धिक बनाउन विदेश अध्ययका लागि पठाउने एउटा संस्था हो । हामीले एनआरएन उत्पादन गरेको हो । हामो देशका प्रधानमन्त्री, मन्त्रीहरुले एनआरएनको लगानी ल्याउन सकियो भने देशनै परिवर्तन हुन्छ भनेर लागिरहेका छन् । एनआरएन जन्माउनमा हाम्रो ठुलो हात छ । जुन कुरा राज्यले बुझ्न सकेको छैन । यो क्षेत्रलाई कसरी राम्रो बनाउने हो भनेर सोच्ने हो भने विदेशका कलेजहरुसँग हाम्रो राम्रो सम्बन्धले विदेशका विद्यार्थी नेपालआएर अध्यय गर्ने सम्भावना रहन्छ । हामीलाई मेनपावर व्यवसाही भन्नु गलत मानसिकता हो । राज्यले अनुगमन किन गर्छ बेला बेलामा ? गलत काम गर्नेहरुका लागि पुलीस र प्रशासनले बेला बेलामा छापा मारिरहेको छ । तर दर्ता बिना नै निर्वाध रुपमा चलिरहे कै छन् । तिनीहरुले अवैधानीक काम गरिरहेका छन् । अहिलेको नयाँ ऐन बन्ने प्रकृयामा छ, त्यो ऐनले गलत काम गरेका कन्सलटेन्सीहरुलाई खारेज गर्ने र इक्यानले पनि कुनै कन्सलटेन्सी खराब भए पुलीस प्रशासनलाई कार्वाही गर्ने भन्ने खालको क्षमता राख्छ र राख्नु पनि पर्छ । बेला बेलामा छापा मारिरहनु पर्छ गलत काम गर्न संस्था वा व्यक्तिहरु डराउछन् । कुनै विद्यार्थी विदेश अध्ययन गर्न चाहेको छ भने उसले पहिले ५/७ वटा कन्सलटेन्सी जानु पर्छ र कुन राम्रो छ छुट्टाएर कन्सलटेन्सी रोज्नुपर्छ । काम खोजी दिन्छु वा लगाइ दिन्छु भन्नु भन्दा पनि यसमा राम्रो करिअर हुन्छ भनेर बुझाउनु पर्छ । विद्यार्थीले पैँसा दिँदा कस्लाई दिने भनेर राम्रोसँग बुझ्नु पर्छ ।
सोमबारदेखि मुलुकका तीन ठुला सहरमा अष्ट्रेलियन एजुकेशन फेयर
काठमाडौं । एईसीसी ग्लोबलले ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’, जुन ४, ६ र ७ मा काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्राण्डीमा गर्ने तयारी गरिरहेको छ । उक्त अष्ट्रेलियन एप्लिकेशन्स् डेमा काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुने आयोजकको भनाइ छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस संस्करणमा काठमाडौंमा १ हजार १ सय, चितवन र पोखरामा त्रलमशः ३ सय र ५० भन्दा बढी सहभागीहरु उपस्थिति आयोजकको अपेक्षा छ । काठमाडौँको कार्यक्रमको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा एईसीसी ग्लोबलले उपलब्ध गराउने भिसा डक्यूमेण्टेसन, क्यारियर काउन्सिलिङ तथा टेष्ट प्रिपेरेशन बुथ जस्ता सेवा रहेको जनाइएको छ । आयोजकको अनुसार एईसीसी ग्लोबलको पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँक गरी ५ विभिन्न बैँकले यस कार्यक्रमका सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गर्नेछन् । ब्रिटिस काउन्सिलले पनि यस कार्यक्रममा भाग लिँदै अष्ट्रेलिया भिसा प्रक्रियाका लागि आवश्यक आइएल्ट्सका लागि टेस्ट प्रिपेरेशनसम्बन्धी जानकारी प्रदान गर्नेछ । ‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्यूमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ,’ एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने,’ ‘यसले इच्छुक महानुभावहरुलाई प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ ।’ प्लस टु उत्तिर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकको लागि वैदेशिक शिक्षा, विशेषगरी जुलाई, अगष्ट, नोभेम्बर र फेब्रुअरीमा अष्ट्रेलियामा भर्ना सम्बन्धि जिज्ञासा मेटाउने यो अवसार उचित रहेको उनको भनाइ छ । संस्थाले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको २०१६ देखि वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आइरहेको छ । पछिल्लो समयमा माग बढेको भन्दै २०१८ देखि भने वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने गरेको छ । २०१८ जनवरीमा यस संस्थाद्वारा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । विद्यार्थीहरुलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ सहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।
शिक्षा र स्वास्थ्यमा भ्याट खारेज
काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । यस्तै अस्पताल सेवामा लाग्दै आएको भ्याट पनि खारेज भएको छ ।