किंग्स कलेजले शुरू गर्यो दुई नयाँ एमबीए कोर्श, श्रावणको दोश्रो हप्तादेखि कक्षा सञ्चालन
काठमाडौं । किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु-एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्व विद्यालयको सम्बन्धनमा आउँदो श्रावण दोश्रो हप्तादेखि कक्षा संचालन हुने यी दुबै कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेका छन् । नेपालको उच्च शिक्षालाई एक फरक उचाइमा पुर्याउन र समय सन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनौटको बृहत विकल्प प्रदान गर्ने छ । साथै, शिक्षालाई व्यक्ति, समाज तथा राष्ट्र विकासमा एक शसक्त माध्यम बनाउन सघाउनुपर्ने आवश्यकतालाई मध्यनजर गरी यी शैक्षिक कार्यक्रमहरु संचालन गर्न लागेको कलेजले बताएको छ । नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझैपनि परम्परागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउनुपर्ने अवस्थामाथि केन्द्रित हुँदै सोका लागि आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्नको लागि यी दुई समयसापेक्ष कोर्षहरु पठनपाठनमा ल्याउन लागिएको किंग्सले जनाएको छ । सरकारी, गैरसरकारी, गैरनाफामूक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका व्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको हो । “पछिल्ला दिनहरुमा दातृ निकाय निर्देशित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा दशकांैदेखि परिक्षित एवं सफल साबितश्रोतको अधिकतमता तथा बृहत सदुपयोग, वित्त ब्यवस्थापन, मार्केटिङ्ग, जोखिम ब्यवस्थापन, नेतृत्व विकास, सामाजिक उद्यमशिलता, समान विकास तथा दिगो बृद्धि लगायत ब्यापार ब्यवस्थापन क्षेत्रका सिद्धान्तहरुलाई गैरनाफमूखी संस्थाहरुले अंगिकार गरि स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्,” कलेजद्धारा संप्रेषित विज्ञप्तिमा जनाइएको छ । यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने व्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको छ । साथै, आफ्नो व्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका व्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएको छ । “दशकांै देखि नेपाल कृषि प्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र व्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,” कलेजको प्रधानाध्यापक नरोत्तम अर्यालले बताए । उनका अनुसार नाम सुन्दा प्राविधिक जस्तो लागेपनि व्यापार र व्यवस्थापनको क्षेत्रमा रुचि राख्ने जोसुकै विद्यार्थीले पनि यी कोर्षहरुमा राम्रो परिणाम ल्याउन सक्छन् ।
‘सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति’
काठमाडौं । नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका लागि इजरायलका राजदुत एक्सिलेन्सी बेन्नी ओमेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय(त्रि.वि.)का रेक्टर प्रा.डा. सुधा त्रिपाठी विशेष अतिथिका रुपमा उपस्थित थिए । उक्त हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले ‘नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि इजरायली राजदुतले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षा प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताएकी छिन् । उनले यस कार्यशालामा प्रस्तुत भएका विचारहरु नेपालको शैक्षिक पुनसंरचनाका लागि निकै महत्त्वपूर्ण रहेकाभन्दै यस्ता कार्यमा त्रि.वि.को सँधै साथ र सहयोग रहने बताएकी छिन् । कार्यक्रममा कलेजका चेयरमेन विष्णुप्रसाद शर्माले गुणस्तरीय र विश्व सुहाउँदो शिक्षा नेपालमै प्रदान गर्ने उद्देश्यले यस कलेजको स्थापना भएको बताएका छन् ।
एभरेष्ट फ्लोरिडा, न्यू समिट र यूनिभर्सल कलेज मर्ज हुँदै, कसकाे सेयर कति हुने ?
काठमाडौं । एभरेष्ट फ्लोरिडा, न्यू समिटि र यूनिभर्सल कलेज मर्ज हुने भएका छन् । तीन शैक्षिक संस्था मर्ज गर्न मर्जर समिटि गठन भई काम शुरु भएको छ । तीन शैक्षिक संस्थाको फरक फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उदेश्यले मर्जको तयारी भईरहेको स्रोतले बतायो । नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी/सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीमा अवस्थित यूनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए विषय अध्ययन गर्न अनुमति पाएको छ । ‘हामी मध्ये कसैसँग खास विषय पठाउने अनुमति छ तर उचित पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर लाईसेन्स भएन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने भयो, पढाउने विषय पनि भयो’ एक कलेजको कार्यकारी प्रमुखले मर्जपछिको कलेजले पाउने सिनर्जीबारे बताए । पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् । एभरेष्ट फोरिडाबाट शिशिर उप्रेति, न्यू समिटबाट रामेश्वर अर्याल, यूनिभर्सलबाट शिवदत्त ज्ञवाली रहनेगरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर सेयर हिस्सा रहनेगरी मर्जरको स्वाप रेसियो तयार गर्दैछ । शैक्षिक संस्थाहरु मर्ज गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रक्रिया केही लामो भएको स्रोतले बतायो ।