खुला विश्वविद्यालयमा व्याच्लर र मास्टर पढ्न दुई लाख शुल्क

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ शुरु गर्न लागेको छ । विश्वविद्यालयले एमबीए, एमएसडीएमजी, एलएलबी र बीबीएस विषयको शुल्क तोकेको छ । विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले भने बीबीएस पढ्नका लागि जुनसुकै संकायमा प्लस टु गरेकाले पनि पढ्न पाँउने छन् । बीबीएसको भर्ना शुल्क २ हजार, पुस्तकालय शुल्क १ हजार ५०० र एक वर्षको मासिक शुल्क १५ हजार तोकेको छ । बीबीएस ३ वर्षे कोर्षको लागि ४५ हजार रुपैयाँ लाग्ने छ । एमएसडीएमजी (एमएस इन डेभलोमेन्ट म्यानेजमेन्ट एण्ड गर्भनेन्स) विषय नेपालका लागि नयाँ विषय हो । एमएसडीएमजीको लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार तोकेको छ । अध्यापन शुल्क एक वर्षमा ६० हजार लाग्ने छ । एमएसडीएमजीको २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम पढ्नका लागि २ लाख ५० हजार रुपैयाँ लाग्ने छ । एमबीए पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार रुपैयाँ तोकिएको छ । अध्यापन शुल्क एक वर्षको लागि ६० हजार रुपैयाँ तोकेको छ । एमबीए २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न २ लाख ५० हजार लाग्ने छ । एलएलबी पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटमा २ हजार तोकेको छ । एलएलबी पढ्न एक वर्षको लागि ६० हजार तोकेको छ । एलएलबी ३ वर्षे वार्षिक स्नातक कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न १ लाख ८० लाग्ने पन्तले बताए । एमबीए र एमएसडीएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालिने प्रा. डा. लेखनाथ शर्माले बताए । एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।

अन्तर्राष्ट्रियस्तरको शिक्षा अब पेन्टागन कलेजमै, स्नातकोत्तर स्तरको पढाई शुरु गर्दै

काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफै सञ्चालक रहेका छन् । जसले गर्दा गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको यस कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहताले बताएका छन् । कलेजको प्राज्ञिक निर्देशक केशवराज पोखरेले यहाँका अधिकांश प्राध्यापकहरू उच्च माध्यामिक तहको पाठ्यक्रममा पढाइ हुने किताबहरूको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको बताएका छन् । कलेजमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारहरु रहेका छन् । कलेजका शैक्षिक निर्देशक डा. कृपाराम मेहता भन्छन्- ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्दछौं ।’ उनले थपे- ‘हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्दछौं, जसले गर्दा विद्यार्थीहरू भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन, हामी जुनसुकै बेला विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर हुन्छौं ।’ विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता स्थापना गरेको देखिन्छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् । शैक्षिक निर्देशक डा. अरविन्द केसरी भन्छन्- ‘एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण आधारभूत कुराहरूलाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्धारा अध्यापन गराउँदैछौं ।’ साथै, उनले शिक्षालाई व्यवहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरी व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेको बताएका छन् । कलेजले उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । यस कलेजका प्रशासनिक निर्देशक ठानेश्वर बस्यालले उपत्यका बाहिरका विद्यार्थीका लागि सुविधा प्रदान गर्ने उद्देश्यले कलेजले छात्राबासको व्यवस्था गरेको जानकारी दिएका छन् । यस संस्थाले विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउँदै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको कलेजले जनाएको छ । निर्देशक ठानेश्वर बस्यालले भने- ‘अनुभवी, योग्य र सक्षम शिक्षक कर्मचारी प्रवेशबाट सुदृढ एवं परिस्कृत हुँदै शैक्षिक उत्कृष्टताको नमुनाको रुपमा स्थापित भई गुणस्तरीय शिक्षा दिन कटिबद्ध रहेको छ । विगत ९ वर्षे अवधिमा बोर्ड दोस्रो एवं बोर्ड पाँचभित्र पर्न सफल रहेकोमा २०६९ सालको व्यवस्थापन समूहबाट सर्वोत्कृष्ट र विज्ञान कक्षा ११ मा ६ जना उत्कृष्ट स्थान प्राप्त गर्न सफल रहेको छ ।’ मेडिकल साइन्समा २०७२ सालको शिक्षा मन्त्रालयको एमबीबीएस प्रवेश परीक्षामा यस कलेजका राजु अधिकारी राष्ट्रिय रुपमा सर्वोत्कृष्ट भए भने २०६९ सालको शिक्षा मन्त्रालयको प्रवेश परीक्षामा भगवान श्रेष्ठ र विदुर खतिवडाले सर्वोत्कृष्ट प्रथम र दोस्रो स्थान प्राप्त गरेका छन् । इन्जिनियरिङतर्फ २०७२ सालको प्रवेश परीक्षामा अरविन्द गुप्ता राष्ट्रिय रुपमा प्रथम र २०६८ सालको परीक्षामा क्षितिज सुवेदी सर्वोत्कृष्ट दोस्रो स्थान प्राप्त गरेका छन् । यसैगरी, हालसम्म छात्रवृत्तिको रुपमा इन्जिनियरिङ्तर्फ ४५० र मेडिकल साइन्सतर्फ ५०० भन्दा बढी विद्यार्थी पूर्ण, आंशिक तथा अन्य छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन् । राष्ट्रिय बोर्ड परीक्षामा २०७१ सालको विज्ञानतर्फ प्रकृति डुमरु प्रथम स्थान प्राप्त गरी नेपाल प्रथम (महिला) र २०६८ सालमा आशिष भट्टराई दोस्रो र २०६७ सालमा क्षितिज सुवेदी प्रथम स्थान ल्याउन सफल रहे भने व्यवस्थापनतर्फ २०७० र २०७१ सालमा क्रमशः आशिष गुप्ता र चन्दन यादवले प्रथम स्थान प्राप्त गरी प्रधानमन्त्रीबाट समेत राष्ट्रिय रुपमा पदक र प्रमाणपत्र प्राप्त गरी सम्मान पाएको सर्वविदितै छ । त्यसैगरी, एसएलसी बोर्ड परीक्षातर्फ २०६९ सालको नेपाल प्रथम विवेक अधिकारी र २०६७ सालको एसएलसी बोर्ड द्वितीय दिवस खड्काको रोजाई पनि पेन्टागन कलेज नै रहनु कलेजको उत्कृष्टताको एउटा नमुना हो । यस कलेजको अध्यक्ष तथा कार्यकारी प्रमुख डा. एसपी सिंहले- ‘स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पूँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’ साथै, उनले निकट भविष्यमै विभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर स्तरका पठनपाठन शुरु गर्ने कलेजको तयारी रहेको बताएका छन् । उनले छनोटमा परेका विद्यार्थीहरूमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएका छन् ।

सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल

खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।