ट्रस्टबिजद्धारा बेल्जियन बैंकिङ्ग एकेडमीसँग सम्झौता

काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्स स्थित बेल्जियन बैकिङ्ग एकेडमीबीच बैकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । यस सहकार्यले बैकहरुका संचालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्धन्द्ध, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास बिषय समेटीएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन । यसैगरि बैकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैकिङ्ग एकेडमी प्रदान गर्नेछ । “यस सम्झौताले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको अनुभव, ज्ञान र सीपमा नेपाली बैंकहरुको पहुच पुर्याएको छ ।“ ट्रस्टबिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए । बेल्जियन बैंकिङ्ग एकेडमी एक बेल्जियन बैकिङ्ग एसोसिएसनबाट बैकिङ्ग तालिम प्रदान गर्न स्थापना गरिएको सस्था हो । यसले युरोपका बैंकका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ । ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैकिङ्ग एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैकिङ्ग तालिमहरुकालागि विशेषज्ञ तथा ज्ञान अदान-प्रदान गर्नेछन् ।    

अष्ट्रेलियाको ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई छात्रवृति दिने भएको छ । छात्रवृति विश्वविद्यालयका प्रमुख, प्रोफेसर जेन ह्यापमिल्टनले नेतृत्व गरेको एक टोली काठमाडौं आएको हो । विद्यालयले नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी बिजनेश स्कुलले जनवरी महिनाबाट पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना सुरु गरेको छ । नयाँ भर्नासगै पठनपाठन छिटो सम्पन्न गर्न यस स्कुलले द्र्रुत अध्ययन कार्यक्रमहरु शुरु गरेकको हो । सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरिएको छ । विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल नेपालमा आएको विद्यालयले जनाएको छ । हाम्रो नयाँ पोष्ट ग्रायाजुएट बिजनेश कोर्शहरूमा भर्ना कार्यक्रम र एक वर्षमा नयाँ भर्ना लिनेछ ।

काठमाडौं महानगरपालिका भित्र निजी स्कुल सञ्चालनमा रोक, गुठीमा जानै पर्ने

काठमाडौं । काठमाडौ महानगरपालिकाले कम्पनी मोडेलमा नयाँ बोडिङ स्कूल खोल्न रोक लगाएको छ । महानगरले गुठी अन्तर्गत मात्र बोर्डिङ स्कूल खोल्न पाइने नयाँ व्यवस्था गरेको छ । कम्पनी मोडेलमा खुलेका बोर्डिङ स्कूलले चर्को शुल्क लिएपछि सबै निजी विद्यालयललाई गुठी मार्फत मात्र सञ्चालन गर्न लागेको महानगरपालिकाले जनाएको छ । कम्पनीमार्फ संञ्चालन भएका विद्यालयहरुलाई पनि गुठीमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । महानगरमा ९४ वटा समुदायिक विद्यालय र ६५० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । जसमा १ लाख ६५ हजार विद्यार्थी अध्ययनरत छन् । नयाँ संविधानले स्थानीय तहलाई दिइएको अधिकार अनुरुप महानगरपालिकाले आफनो क्षेत्रभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा पाएको छ । चालू आर्थिक वर्षमा एक दर्जन नयाँ बोर्डिङ स्कूल खोल्नका लागि आवेदन परेको छ । उनीहरू गुठी मोडलमा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।  नयाँ विद्यालयका विषयमा अध्ययन गरिरहेको महानगरका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । जिरो प्लस्टुलाई पनि गुठीमा नै आएमात्र समन्धन दिने तयारी भैरहेको छ । अब विद्यालयहरुमा २५ प्रतिशत स्थानीय संस्कृतिका बारेमा पढाउनु पर्ने भएको छ । यसका लागि पाठ्यक्रम भने तयार भएको छैन ।