वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न परीक्षा बोर्डले माग्यो अनुमति
काठमाडौं । गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ । यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयसँग अनुमति माग गरेको जानकारी दिए । गत वर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले भने यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका छन् । एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको छ । देशभरीबाट पाँच लाख १७ हजार विद्यार्थी गत वर्षको एसईईको तयारीमा छन् । रासस
कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै हुने
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो । उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदैा महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार शनिबारको बैठकले कक्षा १२ को पाठ्यक्रम संशोधनको समेत तयारी गर्ने निर्णय गरिएको छ । दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर, कोरोनाका कारण उक्त परीक्षा स्थगित गरिएको हो । परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि शनिबार राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो । शनिबारको बैंठकले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने निष्कर्ष निकालिएपनि एसइईको परीक्षा भौतिक उपस्थितिमा सम्भवन नभएको जनाईएको छ । बोर्डका अध्यक्ष प्रा. पौडेलकाका अनुसार शनिबारको निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरिएको छ । बोर्डले गरेको सिफारिस मन्त्रालयबाट स्वीकृत भएपछि थप परीक्षाबारे निर्णय हुनेछ ।
महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।