सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने

सांकेतिक तस्विर

काठमाडौं । बागमती प्रदेश सरकारले अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने भएको छ। 

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अभिभावक गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारले भदौ १८ गते बालबालिकाको आवास, विद्यालय शिक्षा तथा आवश्यक शैक्षिक व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो ।

प्रदेश सरकारले राहत वितरणलाई छिटो र प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कोषको कार्यविधि संशोधन गरी राहत रकम जिल्ल तथा स्थानीय तहमा प्रत्यक्ष पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

भदौ १० गते बिहान आएको बाढीमा रसुवा,नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म १३ सय बढीको शव फेला परिसकेको छ । 

Share News