आइडीपी नेपालले सुरु गर्याे अमेरिकाको जाने विद्यार्थीकाे लागि परामर्श सेवा
काठमाडाैं । आइडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तव्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ । अमेरिका गन्तब्य सुरु गर्दा आइ डी पी ले एक विशेष इ(सेमिनार संचालन गरेर विद्यार्थीहरुलाई अमेरिका मा अध्ययन गर्नका फाइदाहरुको बारेमा जानकारी दिएको छ। ‘अमेरिकाले अन्तरराष्ट्रिय विद्यार्थीहरु लाई उच्च गुणस्तर शिक्षा र बहूसांस्कृतिक अनुभव प्रदान गर्ने भएकोले पहिले देखिनै एक लोकप्रिय गन्तव्यका रुपमा चिनिएको छ,’ आइडिपी नेपालका कन्ट्री म्यानेजर अभिषेक श्रेष्ठले भने । उनले नेपालबाट अमेरिकामा अध्ययन गरी आफ्नो जीवनलाई साकार बनाउने सपना बोकेका नेपाली विद्यार्थीहरुलाई विश्वस्तरिय शैक्षिक परामर्श सेवा सुरु गर्न पाएकोमा आफुहरु हर्षित भएकाे बताए ।
त्रिविले विभिन्न विश्वविद्यालयको प्रमाणपत्रको मान्यता सेवा अब अनलाइनबाटै दिने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ । यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे । सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।
डाेटी साक्षर जिल्ला घोषणा
डाेटी । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ । मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गरे । उनले भने, ‘अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।’ रासस