विद्यालय बन्दको विषयमा थप छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेपछि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले छलफल गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो । त्यसका लागि मन्त्रालयमा दिउँसो साढ १२ बजेपछि बैठक बोलाएको जनाईएको छ । मन्त्रालय स्रोतका अनुसार उक्त बैठकमा कन्ट्रयाक ट्रेसिङमा परेका शिक्षामन्त्री देवेन्द्र पौडेल भने सहभागी हुनेछैनन् । सीसीएमसीसीको सिफारिसका आधारमा आजको बैठकले थप निर्णय गर्ने स्रोतले जनाएको छ । आजकोे बैठकमा मन्त्रालयका सचिव र विभागीय प्रमुखहरु समभागी हुने जनाईएको छ ।

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द सिफारिस गरेको छ । पुस २५ गते बसेको सीसीएमसीको बैठकले सम्पूर्ण विद्यालय माघको दोश्रो सातासम्म बन्द गर्न सिफारिस गरेको हो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त सिफारिस गरेको हो ।श्रोतका अनुसार पछि बिदा मिलान गर्ने गरी सो दिनसम्म विद्यालय बन्द गर्न मन्त्रालयलाई सिफारिस गरिएको छ ।

एनआईबीएल एस क्यापिटलले वीरगञ्जमा दियो लगानी सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले प्रदेश नं २ वीरगञ्जमा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने उद्देश्यले पुस २३ गते प्रदेश स्तरमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्याटिपलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ । संस्थाले यसअघि पनि सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको गरेको थियो ।