द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप

काठमाडौं । द ब्रिटिश प्रोफेशनल कलेजको एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्टमा अध्यनरत रिया मानन्धर वर्ल्ड टपर बनेकी छन् । १९ वर्षीय रिया मानन्धर ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बनेकी हुन् । उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौं विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । मानन्धर कलेजको दोस्रो वर्ल्ड टपर रहेको एसिसिए प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले बताए । कलेज र अन्य विद्यार्थीको लागी यो गर्वको कुरा रहेको उनी बताउँछन् । एसिसिए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढरिहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यस विषय अन्तर्गत याे वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् ।  

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबारदेखि माघ मसान्तसम्म हुने सबै परीक्षा स्थगित गरेको हो । कोरोनाभाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्य पश्चिमान्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ । परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।