आजदेखि विद्यालय ६ दिन बन्द
फाइल फोटो काठमाडौं । सरकारी विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द हुने भएका छन् । स्थानीय तह निर्वाचनका लागि सामुदायिक विद्यायलहरु आजदेखि जेठ २ गतेसम्म बन्द हुने भएका हुन् । सरकारले मतदानको दिन मात्र सार्वजनिक विदा दिएता पनि आजदेखि विद्यालयहरु बन्द भएका हुन् । स्थानीय तह निर्वाचनका लागि अधिकाशं विद्यालयमा मतदान केन्द्र राखिएको तथा शिक्षकहरु निर्वाचनमा खटिएपछि विद्यालय बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा दिन निर्देशन दिएको थियो । यस्तै, बैशाख ३१ गते शनिबार, जेठ १ गते सरकारले आइतबार दिएको सार्वजनिक विदा र सोमबार बुद्ध जयन्ती परेकाले विद्यालयहरु लामो समयसम्म बन्द हुने भएका हुन । स्थानीय तह निर्वाचनका लागि अधिकाशं कर्मचारीहरु निर्वाचनमा खटिएको भन्दै अधिकाशं सरकारी कार्यालयले सेवाप्रवाह स्थगित गरेका छन् ।
चुनावमा ३ दिन देशैभरीका विद्यालय बन्द हुने
फाइल फोटो काठमाडौं । सरकारले स्थानीय तहको चुनावको लागि ३ दिनसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सो विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबैलाई शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्डबाट सम्मानित
काठमाडाैं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात जलानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयले नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मान गरेकाे हाे । शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेकाे लर्ड बुद्ध एजुकेशन फाउण्डेशन विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ ग्रुप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।