१०.७७ प्रतिशत बढ्यो सानिमा रिलायन्सको नाफा, जीवन बीमा कोषको आकार १७.८९ अर्ब पुग्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.७७ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क १२.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क १५.८८ प्रतिशत बढेर ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.३८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ६ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५ अर्ब २२ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड २१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४.२४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँबाट घटेर ८.९८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.०३ गुणा रहेको छ ।
सन नेपाल लाइफको खुद बीमा शुल्क ३४.३७ प्रतिश बढ्यो, २.८९ अर्ब रुपैयाँ गर्याे दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३३.३६ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क ३३.११ प्रतिशत बढेर ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क ३४.३७ प्रतिशत बढेर ३ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.३८ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ५४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गर्दा २ अर्ब ६८ करोड १० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ९६ करोड १६ लाखन रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४६.४८ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५७ रुपैयाँबाट घटेर ११.०७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५७.८४ गुणा रहेको छ ।
नेपाल लाइफले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, ५ अर्बको लगानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरे । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् । नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनीकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए । ‘लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,’ उनले स्पष्ट पारे । संघाईले नियामक निकायका नियमहरू अनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे । साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कदम भएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे । नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनीमार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, 'यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ । यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।' कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए । उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् । कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए । नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ । नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रष्ट पारेका छन् । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ । त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो । नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए । यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए ।