निर्जीवन बीमकको व्यवसाय ३२ अर्ब १३ करोड, शिखर सबैभन्दा अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकहरूले ९ महिनामा २१ लाख ३५ हजार २३३ बीमा लेख जारी गर्दा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । नीर्जीवन बीमा कम्पनीहरूले चालु आवको ९ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । निर्जीवन बीमकहरूले चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमा लेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । धेरै व्यवसाय गर्नेमा शिखर अगाडि बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा सर्वाधिक व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरले चैत्रसम्ममा४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८५ प्रतिशतले बढेको हो । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) रहेको छ । सलिकोले ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । सलिकोले गरेको व्यवसाय गत आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । धेरै कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चालु आवको चैत्रसम्ममा हिमालयन एभरेस्ट इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ९.२८ प्रतिशतले व्यवसाय बढाएको छ । उक्त कम्पनीले गत आवको चैत्रसम्ममा २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको यही अवधिमा २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अन्य नीर्जीवन बीमा कम्पनीहरूमा चालु आवको ९ महिनाको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्यारेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ३ कम्पनीको व्यवसाय घट्यो चालु आवको ९ महिनामा तीन निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा, युनाइटेड अजोड र प्रभु इन्स्याेरेन्सको व्यवसाय गत गत आवको तुलनामा चालु आवमा घटेको हो । राष्ट्रिय बीमा कम्पनीको व्यवसाय चालु आवको चैत्र मसान्तसम्ममा गत आवको तुलनामा १३.३१ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आवमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ कुल व्यवसाय गरेकोमा चालु आवमा १ अर्ब १३ करोड २६ लाख रुपैयाँ मात्रै व्यवसाय गरेको हो । युनाइटेड अजोडको व्यवसाय गत आवको तुलनामा ६.२४ प्रतिशले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ आर्जन भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको व्यवसाय गत आवको तुलनामा चालु आवमा १.३१ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको ९ महिनामा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ ।
आइएमई लाइफको नाफा १०.४९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत बढेर ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चैतसम्म कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, सञ्चित नाफा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ ।
८.४९ प्रतिशत बढ्यो हिमालयन लाइफको नाफा, ७३.७७ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोष
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चैतसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ३१ करोड २४ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको चैतमा कम्पनीले पुनर्बीमा कमिसनमा ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९९ करोड ८१ लाख खर्च गरेको थियो । चैतसम्म कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ कुल आम्दानी गरेर १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेर १६ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ८.२९ प्रतिशत बढेर ४७ करोड ८ लाख र जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । तर, यस अवधिमा कम्पनीको सञ्चित नाफा घटेर १ अर्ब ९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको सञ्चित नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ ।