२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न २८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश पारित गरिएको हो । सभाले गत वर्षको वित्तीय विवरण र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरेको छ । साथै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । साथै कम्पनीले चालु आवमा २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । जबकी गत वर्ष २.३८ अर्ब रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्सको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/०८२ का लागि निर्धारण गरेको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिक अवधिभित्रै पूरा गर्न सफल भएको छ । यसै अवसरमा शनिबार कम्पनीको उच्च व्यवस्थापनसहित सम्पूर्ण विभागीय प्रमुखहरू, शाखा प्रबन्धक तथा अन्य कर्मचारी समेतको सहभागितामा बिजनेश रिभ्यू एण्ड मार्केटिङ स्टार्टटेजी वर्कशप, २०२५ कम्पनीले सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले समय अगावै लक्ष्य पूरा गर्न सफल भएकोमा सबैलाई धन्यवाद तथा बधाई प्रदान गरे ।