हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित नियामक निकायलाई जानकारी दिँदै अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाएर अध्यक्ष तथा सञ्चालक दुवै पदबाट राजीनामा दिएको जनाएको छ ।

कम्पनीका अनुसार सञ्चालक समितिको भदौ १० गते बसेको ८९औँ बैठकले उनले साउन २९ गते पेश गरेको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले अध्यक्षको राजीनामा स्वीकृत भएको जानकारी नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ तथा नेप्सेलाई पठाएको छ।

Share News