नेपाल लाइफको नाफा ३१ प्रतिशतले बढ्यो, ६ महिनामा १७ अर्ब बीमाशुल्क आर्जन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ३१.४० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङ्कनपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो । ६ महिनामा कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ अर्ब १७ करोढ रूपैयाँले बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले १३ अर्ब ९१ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा १ अर्ब ५ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा एक खर्ब रुपैयाँ बढी छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.९४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२२.९५ रुपैयाँ छ । पीई अनुपात २०४.०४ गुणा रहेको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता २४३६ रुपैयाँमा कारोबार भईरहेको छ । थप समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

नेशनल लाइफको खुद बीमाशुल्क ४१ प्रतिशतले बढ्याे, नाफा कति ?  

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको पुस मसान्तसम्मको तुलनामा ४१ प्रतिशत बढी हो । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सो अवधिमा २३ करोड ६५ लाख रुपैयाँ कमाएको छ । ३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ, जीवन बीमा कोष ३८ अर्ब १ करोड रुपैयाँ र महाविपत्ती कोषमा ३० करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.६८ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ७६.२५ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीले कुल ९ लाख ३ हजार ९६० वटा बीमालेखबाट कुल ५ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ११ हजार ८० वटा दाबी बापत १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा वृद्धि, प्रतिसेयर नेटवर्थ २६७ रूपैयाँ बढी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत पुस मसान्तसम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवको खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफामा पनि सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ कमाएको छ । १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा जगेडा कोष र बीमा कोषमा रकम बढेर क्रमशः ९४ करोड ७ लाख रुपैयाँ र १ अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३५.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६७.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २६७९ रुपैयाँमा कारोबार भएको छ ।