सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना सुरु
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरे । यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्तत बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । ‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सुर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध,बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासी पुजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए । साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।
अजोड इन्स्योरेन्सले नेपाल मसलन्द उद्योगका कम्पनीहरुकाे बिमा गर्ने
काठमाडाैं । अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा दुई कम्पनीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको हाे । यस सम्झाैता अनुसार शैक्षिक सामग्री उद्योग संघ सँग आवद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको अजोड इन्स्योरेन्सले बीमा गराउने छ । उक्त सम्झाैता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
दम्पत्ति बीमा योजनाः बाँचे दुबै मालामाल, एकको मृत्यु भए बाँच्नेलाई डब्बल फाइदा
काठमाडौं । जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा योजना हो, दम्पत्ति योजना । जसमा श्रीमान र श्रीमती दुबैको संयुक्त नाममा एउटै बीमा पोलिसीभित्र दुबैको जीवन बीमा हुन्छ । जुन दम्पत्ति योजनाको सुन्दर पक्ष पनि हो । पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भइरहोस् भन्ने उद्देश्यका साथ जीवन बीमा कम्पनीले उक्त योजना ल्याएका हुन् । यस्ता योजनाले श्रीमान-श्रीमतीको आपसी विश्वास, प्रेम र भरोसालाई आर्थिक आधारबाट पनि मजबुत पार्ने विश्वास गरिएको छ । नेपालमा हाल कूल १९ वटा जीवन बीमा कम्पनी रहेका छन् । त्यसमध्ये हालसम्ममा ४ वटा अर्थात एशियन लाइफ, नेपाल लाइफ, नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थानले मात्रै दम्पत्ति योजना सार्वजनिक गरेका छन् । यी कम्पनीले शिक्षित भई आय आर्जनमा लागेका विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी दम्पत्ति बीमा योजना ल्याएका हुन् । एशियन लाइफ इन्स्योरेन्सको ‘दम्पत्ती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बीमा एशियन लाइफ इन्स्योरेन्सले दम्पत्ती योजना अन्तर्गतकै ‘दम्पत्ती सुरक्षा प्लस (संयुक्त सावधिक)’ नामक जीवन बीमा योजना ल्याएको छ । जीवन बीमा नाफामा सरिक हुने प्रकृतिको यो योजनामा न्युनतम १८ वर्षको उमेरदेखि माथिका अधिकतम ६५ वर्षसम्मका दम्पत्ति प्रवेश गर्न पाउने छन् । त्यस्तै, बीमाशुल्क भुक्तानी अवधि न्युनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष रहेको छ । यो बीमा योजनामा न्युनतम ५० हजार रुपैयाँ बीमाङ्कदेखि अधिकतम प्रस्तावकको आर्थिक स्थितिको आधारमा बीमा गर्न सकिनेछ । बिमितले वार्षिक, अर्धवार्षिक, त्रैमाशिक र मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । उनीहरुले बीमा अवधि समाप्तिसम्म वा बीमा अवधिभित्र दुई बीमित मध्ये कुनै एकको मृत्यु भएमा सो मितिसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । कुन समयमा भुक्तानी गर्दा बढी छुट तथा थप पाइन्छ ? एशियन लाइफ इन्स्योरेन्सले यस योजनामा ठूलो बीमाङ्कमा छुट दिन्छ । कम्पनीले बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा न्युनतम १ प्रतिशत थपदेखि अधिकतम ५ प्रतिशत थप छुट दिने व्यवस्था मिलाएको छ । बीमितले अर्धवार्षिक बीमाशुल्क भुक्तानी गर्दा १ प्रतिशत थप छुट पाउने छन् । त्यस्तै, वार्षिक रुपमा गर्दा २ प्रतिशत र मासिक बीमाशुल्क भुक्तानी गर्दा बीमितले ५ प्रतिशत थप छुट पाउने छन् । तर, त्रैमासिक एवं मासिक तलब बचत योजना (एसएसएस) अन्तर्गत बीमाशुल्क भुक्तानी गर्दा भने कुनै छुट तथा थप छुट कुनै पनि नपाइने व्यवस्था रहेको छ । उमेर कसरी गणना गर्ने ? श्रीमान् र श्रीमतीमध्ये अधिकतम उमेरलाई आधार मानेर बीमाशुल्क गणना गरिने कम्पनीले जनाएको छ । कसरी पाइन्छ भुक्तानी ? यो बीमा योजना अन्तर्गत बिमितले विभिन्न अवस्थामा रकम भुक्तानी पाउने छन् । बीमा अवधिभित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा विभिन्न ४ अवस्था बमोजिमको बीमाङ्क र आर्जित बोनस पाउने छन् । पहिलो, बीमा प्रारम्भ भएको मितिले ५ वर्ष भित्र मृत्यु भएमा, बीमाङ्कको शतप्रतिशत पाउनेछन् । दोश्रो, बीमा प्रारम्भ भएको मितिले ६ वर्षदेखि (६ वर्ष लागेदेखि) १० वर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको १५० प्रतिशत रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । तेश्रो, बीमा प्रारम्भ भएको मितिले ११ वर्षदेखि (११ वर्ष लागेदेखि) १५ वर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २ सय प्रतिशत रकम भुक्तानीको स्वरुप बिमितले पाउनेछन् । चौथो, बीमा शुरु गरेको मितिले १६ वर्षदेखि (१६ वर्ष लागेदेखि) ३० बर्ष भित्रमा मृत्यु भएमा, बीमाङ्कको २ सय ५० प्रतिशत रकम भुक्तानी दिइने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा माथि उल्लेख भए अनुसारको थप बीमाङ्क रकम दिइने छ । बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बिमित मात्र जीवित रहेमा थप पूरै बीमाङ्क रकम दिनुपर्ने छ । साथै, बीमा अवधि समाप्त हुने मितिसम्म दुवै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाउने छन् । ऐच्छिक सुविधा पनि कम्पनीले यस योजनामा विभिन्न ३ वटा ऐच्छिक सुविधाहरुको व्यवस्था गरेको छ । जसअन्तर्गत बिमितले दुर्घटना मृत्यु लाभ (एडीबी) वा दुर्घटना मृत्यु लाभ (एडीबी) स्थाई अपाङ्ग र असक्त सुविधा (पीटीडी) वा दुर्घटना मृत्यु लाभ (एडीबी) स्थाई अपाङ्ग र असक्त सुबिधा (पीटीडी) एवं बीमाशुल्क छुट सुबिधा (पीडब्लूबी) जस्ता ऐच्छिक पाउने छन् । नेपाल लाइफ इन्स्योरेन्सको ‘जीवन सारथी बीमा योजना’ नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको ‘जीवन सारथी बीमा योजना’मा बीमाङ्क रकम बापत न्युनतम ५ हजार रुपैयाँ बीमा गर्नु पर्ने हुन्छ । र, अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न पाइने छ । यो योजनामा न्युनतम १८ वर्षदेखि अधिकतम ५० वर्षका दम्पत्ति मात्रै सहभागी हुन पाउने छन् । उनीहरुले न्युनतम १५ वर्षसम्म वा अधिकतम ३० वर्षसम्म बीमा गर्न पाउने छन् । र, अधिकतम ६५ वर्ष पुगेपछि बीमा समाप्ति हुने कम्पनीले जनाएको छ । बीमाशुल्क भुक्तानी तरिकामा छुट तथा थप बिमितले नेपाल लाइफको यो योजनामा अर्धवार्षिक र त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानी गरेमा मात्रै थप पाउने छन् । यो योजना अनुसार अर्धवार्षिक रुपमा भुक्तानी गरेमा थप ३ प्रतिशत र त्रैमासिकमा ४ प्रतिशत थप पाउने छन् । तर, वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्दा भने छुट नपाइने कम्पनीले जनाएको छ । कति बीमाङ्क रकममा कति छुट पाइन्छ ? र, कतिमा पाइदैन ? कम्पनीका अनुसार १ लाख ५० हजार रुपैयाँसम्मको बीमाङ्क रकममा छुट पाइँदैन । त्यस्तै, एक लाख ५१ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म प्रतिहजारमा एक रुपैयाँ, ३ लाख एक हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म प्रतिहजार १.५ रुपैयाँ र ५ लाख १ हजार रुपैयाँदेखि माथि प्रतिहजार २ रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । दुर्घटना लाभ सुविधा पनि नेपाल लाइफको यो योजनामा एक करोड रुपैयाँसम्म प्रतिव्यक्ति थप एक रुपैयाँ प्रतिहजार दुर्घटना लाभ सुविधा पनि रहेको छ । उमेर गणना गर्ने तरिका यदि श्रीमानको उमेर ३० वर्ष छ र श्रीमतीको उमेर २४ वर्ष मात्र छ भने दुवैको उमेरमा ६ वर्षको फरक भयो । यो उदाहरण अनुसार ६ वर्ष फरक हुनेमा कम उमेर भएकोमा ३ वर्ष थप गरी दम्पत्तिको संयुक्त उमेर गणना गर्दा २७ वर्ष कायम गरी सोही अनुसार लाग्ने प्रिमियम हिसाब गरिन्छ । यदि दुवैको उमेर बराबर छ भने कुनै थप गर्नु परेन । श्रीमानको उमेर ४० वर्ष छ र श्रीमतीको उमेर ३० वर्ष छ भने दुबै बीचको उमेरमा १० वर्षको फरक छ । यस्तोमा माथि जनाइए अनुसार श्रीमतीको उमेरमा ६ वर्ष थप गरी संयुक्त उमेर ३६ वर्ष कायम गरी हिसाब गरिन्छ । बीमाङ्क रकम भुक्तानी दिने अवस्थाहरू एक, बीमाको समाप्ति मितिसम्म श्रीमान् श्रीमती दुवै जीवित रहेमा बीमा गरेको रकम (बीमाङ्क) र त्यसमा पाइने बोनस समेत हिसाब गरि एकमुष्ट रकम पाइन्छ । अर्को, बीमा अवधि समाप्त हुनुभन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुईमध्ये कुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिन्छ । तर, यसपछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ र यसमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमाङ्क रकम र शुरुदेखिको बोनस रकम एकमुष्ट दिइन्छ । यसरी दुई पटक बीमाङ्क रकम दिने अवस्था यस बीमा योजनामा गरिएको छ । अर्को, बीमा अवधिभित्र दुवै बिमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिइने छ । त्यस्तै, यदि दुबै दम्पत्तीले दुर्घटना लाभ सुविधा लिएको छ र दुर्घटनाकै कारणले एकै बीमा वर्ष (पोलिसी इयर) भित्र दुबैको दुर्घटना घटेको १८० दिन भित्र मृत्यु भएमा दुर्घटना वापतको बीमाङ्क रकमको दोब्बर रकम भुक्तानी गरिने छ । एकपटक दुर्घटना लाभ सुविधा लिए पश्चात यदि अर्को वर्षमा जीवित दम्पत्तीको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन । ऋण तथा समर्पण सुविधाः ९० प्रतिशतसम्म कर्जा पाइने कम्पनीका अनुसार बीमालेख शुरु गरेको मितिबाट २ वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ । त्यस्तै, समर्पण मूल्य पाएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । र, जीवन सारथी जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दर एडीबी (एक्सिडेन्टल डेथ बेनिफिट) प्रतिहजार प्रतिव्यक्ति एक रुपैयाँ रहेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ‘दम्पत्ति अमृत स्वाधिक जीवन बीमा’ नेशनल लाइफ इन्स्योरेन्सको यस योजना अन्तर्गत पति र पत्नी दुबैको जीवन बीमा जोखिम कभरेज एकल नीति अन्तर्गत प्रदान गरिने छ । जसमा न्युनतम १८ वर्षदेखि र अधिकतम ६० वर्ष उमेरसम्मका दम्पत्ति प्रवेश गर्न पाउनेछन् । यो योजनामा श्रीमान श्रीमती दुबैको हक बराबर हुनेछ । तर, यदि उक्त दम्पत्ति अर्थात श्रीमान श्रीमतीबीचको उमेर २० वर्षभन्दा बढीको फरक छ भने उनीहरु यो योजनामा सहभागी हुन योग्य हुँदैनन् । उमेर फरक २० वर्षभन्दा कम रहेका दम्पत्तिले भने न्युनतम ५ वर्षसम्म वा अधिकतम ३० वर्षसम्म बीमा गर्न पाउने छन् । यो योजनामा बिमितले बीमाङ्क रकम बापत न्युनतम ५० हजार रुपैयाँ र अधिकतम दम्पत्तिको आयश्रोतको आधारमा गर्न बीमा गर्न पाइने छ । जसको बीमाशुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा तिर्न सकिने छ । कसरी भुक्तान गर्छ ? कम्पनीले यो योजनामा जीवन रक्षा लाभ अन्तर्गत दुबैलाई वा दुईमध्ये एकलाई निश्चित बीमा र कमाईएको बोनस परिपक्वतामा भुक्तान गर्नेछ । यदि बीमा अवधि समाप्त हुनुभन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुईमध्ये कुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिन्छ । यदि दुवै बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइने कम्पनीले जनाएको छ । नेशनल लाइफको यो योजनामा २५ लाख रुपैयाँसम्म प्रतिव्यक्ति थप एक रुपैयाँ प्रतिहजार दुर्घटना लाभ सुविधा पनि रहेको छ । त्यस्तै, यो योजनाको अन्य सुविधा अन्तर्गत बिमितले समर्पण मूल्य र कर्जा पाउनेछन् । राष्ट्रिय बीमा संस्थानको जोइन्ट लाइफ प्लान ‘जीवन साथी’ श्रीमान श्रीमती दुबैको एउटै बीमालेखबाट जीवन बीमा गरिने यो योजना सावधिक प्रकारको जीवन बीमा हो । यसमा नाफामा सरिक भएर मात्र जीवन बीमा प्रस्ताव गर्न सकिनेछ । यस योजनामा श्रीमान र श्रीमती दुबैको बीमा हुने तर दुबैको आ÷आफ्नो विवरण प्रस्ताव फाराम र व्यक्तिगत स्वास्थ्य विवरण फाराममा समावेश हुनुपर्नेछ । श्रीमान र श्रीमतीमध्ये कम उमेर भएको प्रस्तावकको उमेरमा दुबैको फरक उमेरलाई तोकिएको अंक जोडी बीमाशुल्क गणना गरिने व्यवस्था रहेको छ । यस योजनामा बीमालेखको अवधि समाप्त भएपछि श्रीमान र श्रीमती दुबैले बीमांक र बोनस एकमुष्ट रकम संयुक्त रुपमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि समाप्त हुनु अगावै एक बिमितको मृत्यु भएमा बीमांक बराबरको रकम मृत्यु दाबीवापत जीवित बीमितले प्राप्त गर्नेछ । त्यसपछि पनि सो बीमा कायमै रहनेछ तर बीमा शुल्क भने भुक्तानी गर्नुपर्ने छैन । अवधि समाप्त भएपछि पूरा बीमांक र बोनस एकमुष्ट रकम जीवित बिमितलाई भुक्तानी गरिन्छ । यदि बीमा अवधि समाप्त हुनु अगावै अर्को बीमितको पनि मृत्यु भएमा इच्छाएको व्यक्ति र इच्छाएको व्यक्ति नभए नजिकको हकवालालाई बीमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । यस योजनामा एक बीमितको मृत्युपछि पनि बोनस रकम चालु बीमालेख सरह प्रदान गर्ने व्यवस्था रहेको छ । बीमालेखमा सरिक हुन पाउने न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ५० वर्ष, न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष कायम गर्न सकिने यस योजनामा बीमालेख प्रारम्भ भएको २ वर्षपछि समर्पण मूल्य लिने वा कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यस प्रकारको बीमामा सबै अवधिका लागि वार्षिक बोनसदर प्रतिहजार ६५ रुपैयाँ प्रदान गर्ने संस्थानले जानकारी दिएको छ ।