महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणको लागि सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले संस्थापकहरुको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई आगामी ४ वर्षका लागि सञ्चालकमा निर्वाचित गरेको हो । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागिपुनःवर्तमान लेखापरीक्षकश्री देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ । कम्पनीको सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा सम्पन्न भएको हो ।

सभामा जान लाइफ इन्स्योरेन्स कर्पोरेशनले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारणसभामा जानको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै फागुन ६ गतेसम्म कम्पनीको सेयर कारोबार गरेका तथा कम्पनीको सेयर होल्ड गरेका लगानीकर्ताले प्रस्तावित लाभांश पाउने तथा सभामा भाग लिन पाउने छन् । कम्पनीको सभा आगामी फागुन २५ गते बस्दै छ । कम्पनीकाे १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । सम्बन्धित समाचार लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोलायो वार्षिक साधारणसभा