जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग आवद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो । सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीकोआन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भेपेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । यसरी एनपीआईमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ । जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नोबीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्टआईपीएस बाटभुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमाकम्पनीहरुयस अघि नै एनपीआईमा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्नभुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरुआबद्ध छन् भने अन्यपिएसपी/पिएसओ, रेमिटेन्सकम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध-सरकारी संस्थाहरु लगायतका ६९ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त

तस्विर: रावलको सामाजिक सञ्जालबाट काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै नवनियुक्त सीईओ रावलले पुस २० गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी सम्हाल्ने छन् । उनले आगामी ४ वर्षसम्म उक्त कार्यभार सम्हाल्ने छन् । रावलले कार्त्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए । त्योभन्दा अघि उनी साेही कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

पुनर्बीमा निर्देशिका खारेज नभएसम्म वार्ता नगर्ने महासंघ र ईप्पानको निर्णय

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा भएकाे उक्त छलफल निष्कर्ष बिहीन भएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले जनाएको छ । २०७८ असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हाल सम्म संशोधन नभएकोले त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग राखेका छन् । यस सम्बन्धमा महासंघ र ईप्पानले बीमा समितिलाई दुईपटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बुझाए पश्चात् बीमा समितिले महासंघ र ईप्पानलाई मंगलवार वार्तामा बोलाउँदा बीमा समितिले कुनै निकास नदिएकोले निर्देशिका खारेज नभएमा ईप्पान र निर्माण महासंघले संयुक्त रुपले चरणबद्घ आन्दोलन गर्ने जानकारी गराएका छन् । निर्देशिका खारेज नभएसम्म बीमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्देशिका खारेज भए पश्चात् सर्वपक्षीय सरोकारवालानिकायहरूबीच विस्तृत छलफल हुनुपर्ने महासंघको माग रहेको छ । विदेशी बीमा कम्पनीसँग समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बीमा गरेको मितिदेखि नै क्षतिपुर्ति पाउनु पर्ने, खुला अर्थबजार नीतिअनुरुप स्वस्थ प्रतिस्पर्धा गरिनु पर्ने लगायतका व्यवस्था सहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले बीमा समिति समक्ष माग गरेका थिए । महासंघ र ईप्पानका मागहरू तत्काल सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।