आइएमई लाइफले गर्याे २५ लाखकाे घातक रोग दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ । कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरण समेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।  

ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको कम्पनीले जनाएकाे छ । सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी हो जसले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ । यसको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ । स्तरीय सुविधा बाट ग्राहकहरुको सेवा गर्नु यसको मुख्य उद्देश्य रहेको छ । यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ । कोरोना महामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलन गर्न समस्या झेलिरहेको बेला घरमै बसी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चन्ट एक्युजिसनकी वरिष्ठ अधिकारी सजनी महर्जनले बताएकी छिन् ।  

सानिमा लाइफ इन्स्याेरेन्सले गर्याे ९३ लाख मृत्यु दाबी भुक्तानी

काठमाडाैं । सानिमा लाइफ इन्स्याेरेन्स ९३ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान गरेकाे हाे । उक्त दाबी रकम कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतक पुडासैनीकी श्रीमती सुवार्ना थापालाई चेक हस्तान्तरण गरेका थिए ।