सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको १० लाख रकम भुक्तानी
काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेकाे छ । कम्पनीले इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हाे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खत्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए । खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते लगत्तै मृगौला फेल भएकाे कारण उनलाई बीमाशूल्क रकममा थप १६९० रुपैयाँ भुक्तान गरी कम्पनीले घातक रोग बापतको बीमाङ्क १० लाख खत्रीलाई हस्तान्तरण गरेको जनाएकाे छ । कम्पनीकाे अनुसार उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने छ ।
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । १० प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बराबर हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । अजोड इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड ट्रेड सेन्टरमा भर्चुअल माध्यमबाट आफ्नो चौथो वार्षिक साधारण सभा गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतसम्म कायम सेययरधनीहरु उक्त सभामा भाग लिन योग्य मानिनेछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को साधारण सभा डाकेको हो । उक्त सभामा इन्स्योरेन्सले लाभांश तथा हकप्रद लगायतको कुनै पनि प्रस्ताव लगेको छैन । यससँगै योपालि इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने देखिन्छ । सभाले आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको विभिन्न वित्तीय विवरण पनि पारित गर्ने छ । र, चालु आर्थिक वर्ष २०७८/७९ को लागि वर्तमान लेखापरीक्षकलाई नै पुनः नियक्ति दिने इन्स्योरेन्सले जनाएको छ ।