कृषि तथा पशुपंछी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले साेमबार काठमाडाैंमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयाेजना गरिएकाे समितिले जनाएकाे छ कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बीमालाई बढाएर ९५ प्रतिशतभन्दा बढी कृषकको पहुँचमा पु¥याउनका लागि ठोस कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने बताए । अध्यक्ष डा. दंगालले कृषकहरूलाई कृषि तथा पशुपन्छी बीमाका बारेमा जागरूक गराउन कम्तीमा पनि वडा वडामा पुगेर बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्नुपर्ने, बीमा प्रक्रियालाई सहज एवम् सरल बताउनुपर्ने र अनुगमनलाई कडाईका साथ अगाडि बढाउनुपर्ने बताए । यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि तथा पशुपन्छी बीमाको कार्यान्वयनमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानका लागि मन्त्रालयले रियल टाइम बेस्ड सफ्ट्वेयर निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए । सचिव डा. शर्माले हाल पशुपन्छी बीमा र व्यवसायिक कृषिको बीमा गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुहुँदै कृषि तथा पशुपन्छी बीमालाई प्रतिस्पर्धात्मकरूपमा अगाडि बढाउन प्रत्येक जिल्लामा कम्तीमा पनि दुईवटा बीमा कम्पनीलाई जिम्मा दिनुपर्ने र धान, मकै, गहुँ लगायतका बालीको समूहगत बीमा गर्नेतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रमका सभापति एवम् बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले लक्ष्य दिएर बीमा कम्पनीहरूलाई जिल्ला जिल्लामा खटाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको लघुबीमा कार्यक्रम चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा नमूनाका रूपमा संचालन गरिने जानकारी दिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि तथा पशुपन्छी बीमालाई सशक्तरूपले विस्तार गर्नका लागि समितिले यससम्बन्धी निर्देशिकामा समय सापेक्ष सुधार, कृषि तथा पशुपन्छी बीमामा मध्यस्थकर्ताको व्यवस्था, नयाँ बीमालेख निर्माण, पुराना बीमालेखको संशोधन र सम्बद्ध संघ संस्थाहरूको समन्वयमा तालिम संचालन लगायतका कार्यहरू निरन्तररूपमा गर्दै आएको जानकारी दिए । कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, राष्ट्रिय किसान आयोग, कृषि विभाग र पशु सेवा विभागका पदाधिकारी, बीमक संघ लगायत व्यवसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कृषक, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता, प्राविधिक तथा क्षति मूल्याङ्कनकर्ताहरूको सहभागिता रहेको थियो । यसैगरी, कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लाल, उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठ र सहायक निर्देशकहरू टेकराज पाण्डे, प्रिती देव तथा श्रद्धा श्रेष्ठको उपस्थिति रहेको थियो ।
नेपाल पुनर्बीमासहित दुई कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनी र नेशनल हाइड्रो पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत अर्थात १ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, नेशनल हाइड्रोको १८.५२५ प्रतिशत अर्थात २५ लाख ६६ हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुबै कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
धमाधम संस्थापकमार्फत रकम उठाउँदै बीमा कम्पनी, सन नेपालले पनि माग्यो ६० प्रतिशत
काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले धमाधम संस्थापक सेयरधनीमार्फत रकम उठाउँदै छन् । तोकिएको पुँजी पुर्याउनको लागि नयाँ जीवन बीमा कम्पनीहरुले पहिलो चरणमा संस्थापक सेयरधनीहरु मार्फत रकम उठाउन लागेका हुन् । सन नेपाल लाइफ इन्स्योरेन्सले पनि संस्थापक सेयरधनीलाई थप ६० प्रतिशत रकम थप गर्न आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आफ्ना संस्थापक सेयरधनीलाई माग गरेको हो । यससँगै उनीहरुले आगामी असार ३० गतेसम्ममा कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा रकम जम्मा गरेको भौचरसहितको फारम बुझाउनु पर्ने छ । सेयरधनीले नबिल बैंक र ग्लोबल आईएमई बैंकमा रकम जम्मा गर्न सक्नेछन् । जसको लागि इन्स्यारेन्सले बैंक शाखा र खाता नम्बर दुबै उपलब्ध गराएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापक सेयरधनीले थप लगानी गरेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले जीवन बीमा कम्पनीलाई २०७९ चैत मसान्तसम्ममा न्यूनतम ५ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । संस्थापकसँग ६० प्रतिशत रकम संकलन गरेपछि कम्पनीलाई तोकिएको पुँजी पुर्याउन २ अर्ब ७६ करोड रुपैयाँ आवश्यक पर्छ । त्यसको लागि कम्पनीले पहिला सर्वसाधारणमा आईपीओ जारी गर्ने छ भने त्यसपछि मर्जरमा जाने कम्पनीको योजना छ । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि आफ्ना संस्थापकहरु मार्फत चुक्ता पुँजीको ५० रकम उठाइरहेको छ ।