नेप्सेले रोकिदियो सूर्या र ज्योति लाइफको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा रहेका यी दुई कम्पनीको कारोबार असार १३ गतेदेखि रोक्का गरिदिएको हो । एक आपसमा मर्जरमा जान दुई इन्स्योरेन्सले असार १२ गते मात्रै प्रारम्भिक समझदारी गरेका थिए । यससँगै अब दुई कम्पनीको मर्जर प्रकृया सम्पन्न नभएसम्म कारोबार पनि रोक्का हुने छ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दुर्त गतिमा अगाडि बढाइने जानकारी गराइने इन्स्यारेन्सले जनाएको छ । सम्बन्धित समाचार सूर्या र ज्योति लाईफबीच मर्जर सम्झौता, १ः१ स्वाप रेसियो भए ५ अर्ब पुँजी पुग्ने

सूर्या र ज्योति लाईफबीच मर्जर सम्झौता, १ः१ स्वाप रेसियो भए ५ अर्ब पुँजी पुग्ने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । आइतबार होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी एक आपसमा मर्जरको सम्झौता गरेसँगै दुबै कम्पनी मर्जरमा जाने भएका हुन् । उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काका अनुसार अहिले दुई कम्पनीबीच मर्जरको प्रारम्भिक सम्झौता भएको हो । कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने उनको भनाई छ । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दुर्त गतिमा अगाडि बढाइने जानकारी गराइने इन्स्यारेन्सले जनाएको छ । नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने छ । साथै, नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाई लाभ हुने दुवै कम्पनीको विश्वास छ ।

मर्जरमा जान हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई बाटो खुल्यो, पाए अन्तिम स्वीकृति

काठमाडौं । मर्जर प्रकृयामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले एक आपसमा गाभ्न तथा गाभिनको लागि दुई कम्पनीलाई असार ८ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरमा जान दुबै कम्पनीले असार २ गते एकैदिन वार्षिक साधारण सभा गरि बीमा समितिको स्वीकृति मागेका थिए । समितिबाट स्वीकृति पाएका यी दुबै कम्पनीले एकीकृत कारोबार शुरू गर्ने छन् । २०७९ साउनदेखि नै ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू गर्ने इन्स्योरेन्सले जानकारी गराएको छ । दुई कम्पनी १०० बराबर ८५  को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ ।