प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिले उक्त सभाको निर्णय गरेको हो । सभामा इन्स्योरेन्सले पुँजी वृद्धि लगायतको प्रस्तावमा छलफल गर्ने छ । साथै, सभाले इन्स्योरेन्सलाई कुनै [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ ।

असार ७ गते बसेको कम्पनी सञ्चालक समितिले उक्त सभाको निर्णय गरेको हो । सभामा इन्स्योरेन्सले पुँजी वृद्धि लगायतको प्रस्तावमा छलफल गर्ने छ । साथै, सभाले इन्स्योरेन्सलाई कुनै कम्पनीसँग मर्ज गर्न तथा मर्जमा जान सञ्चालक समितिलाई अख्तियारी दिने समेत प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि इन्योरेन्सले असार १६ गते एक दिन बुक क्लोज गर्दै छ ।

Share News