दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ ।

कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको हो ।

असोज ३ गते सामाखुसी फुटसलमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक फुटसल खेल सञ्चालन हुनेछ । टाइसिट ड्रबाट प्रतियोगिताको प्रारम्भिक नकआउट चरणमा निम्न टोलीहरूबीच प्रतिस्पर्धा हुने तय भएको छ:

टाइसिट ड्रमार्फत तय भएको खेल तालिकाले सहभागी टोलीहरूलाई प्रतियोगिताका लागि थप तयारी गर्ने अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । 

प्रतियोगिताले नेपाली बीमा क्षेत्रका विभिन्न कम्पनीबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

यस वर्षको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप का लागि एरिना प्रो लाई आधिकारिक मोबाइल एप पार्टनरका रूपमा सहकार्यमा ल्याइएको छ ।

प्रतियोगितासँग सम्बन्धितखेलको स्कोर, खेलको अवस्था, खेल तालिका तथा अन्य महत्वपूर्ण जानकारीहरू एरिना प्रो मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ । खेलप्रेमी तथा सहभागीहरूले एरिना प्रो एप डाउनलोड गरी प्रतियोगिताका खेलहरू सम्बन्धी अपडेटहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

एरिना प्रोसँगको सहकार्यले प्रतियोगिताको खेलसम्बन्धी सूचना तथा स्कोरलाई डिजिटल माध्यमबाट दर्शक र खेलप्रेमीमाझ सहज रूपमा पुर्याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

Share News