सानिमा जिआईसीको नाफा १०.१२ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १०.१२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।  त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क ८.९८ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ७२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत आवमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ ।  त्यस्तै कम्पनीको शेयर पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।  

सूर्यज्योति लाइफको नाफा ३५.२ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सूर्यज्योति लाइफको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा १.४५ प्रतिशतले बढेर ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.८५ प्रतिशतले बढेको छ । त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८३ प्रतिशतले बढेर ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले  ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ थियो । त्यस्तै गत आवमा कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३७ लाख ७१ हजार रुपैयाँ थियो ।  गत आवमा कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६.९९ रुपैयाँ रहेको छ । त्यस्तै पीई रेसियो ६३.९१, प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ ।   

गार्डियन माइक्रो लाइफको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढ्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा  ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले संकलन गरेको कुल बीमा शुल्क अघिल्लो आवको तुलनामा ९८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो ।  समिक्षा वर्षम कम्पनीको रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ ।