जीवन बीमकको ४३ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसाय सहरकेन्द्रित हुँदै गएको छ । यस्तो तथ्यांकले नै देखाउँछ । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव २०८१/८२ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये बागमती प्रदेशमा मात्रै बीमा कम्पनीहरूले ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल व्यवसायको ४३.९१ प्रतिशत हिस्सा हो । बीमा कम्पनीहरूले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट गरेका छन् । गत आवमा कम्पनीहरूले लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन बीमा कम्पनीहरूको कुल व्यवसायको १५.७५ प्रतिशत हिस्सा हो । कम्पनीहरूले तेस्रो धेरै व्यापार कोशी प्रदेशमा गरेका छन् । कम्पनीहरूको कुल व्यवसायको १२.२५ प्रतिशत हिस्सा कोसी प्रदेशमा देखिन्छ । समीक्षा वर्षमा कम्पनीहरूले कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समीक्षा वर्षमा कम्पनीहरूले गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ, मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ११ अर्ब १८ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जीवन बीमकको कुल व्यापारमा गण्डकीको हिस्सा १०.१२ प्रतिशत, मधेश प्रदेशको ८.९५ प्रतिशत र सुदूरपश्चिमको ६.१४ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूको सबैभन्दा न्यून व्यापार कर्णाली प्रदेशबाट भएको छ । तथ्यांकअनुसार कुल व्यापारमा कर्णालीको हिस्सा २.८८ प्रतिशत हिस्सा रहेको छ । गत आवमा बीमा कम्पनीहरूले गण्डकी प्रदेशबाट ५ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
सिद्धार्थ प्रिमियरको नाफा ७१.३१ करोड रुपैयाँ, ईपीएस २५.४१ रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ३.६३ प्रतिशत बढेर ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ६८ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क ११.५८ प्रतिशत बढेर २ अर्ब ५ करोड ७६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८४ करोड ४० लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत वर्ष कम्पनीको कुल बीमा शुल्क २९.८८ प्रतिशत बढेर २ अर्ब ७६ करोड ४० लाख २६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब १२ करोड ८१ लाख ४९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ५.२८ प्रतिशत घटेर १ अर्ब १३ करोड ४९ लाख ६९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १९ करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी २.०६ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख ३५ हजार रुपैयाँ र कुल खर्च ३.३६ प्रतिशत घटेर २ अर्ब ८ करोड ८३ लाख ३५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ३ करोड ६८ लाख ५९ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ८ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष १९.१९ प्रतिशत बढेर २२ करोड ४३ लाख ६५ हजार रुपैयाँ, सञ्चित नाफा १३.२१ प्रतिशत घटेर ९५ करोड ५० लाख ८८ हजार रुपैयाँ र बीमा कोष १६ प्रतिशत बढेर ५ अर्ब ७५ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ०.८९ रुपैयाँ बढेर २५.४१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.०७ गुणा रहेको छ ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरुले भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा(चिप्लेढुङ्गा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।