एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स
काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे बीमा कम्पनी बनेकाे छ । नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस- १७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो । विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएकाे छ । यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ । शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक
नेको इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ५४ लाख, अन्य सूचक कस्ता ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा ऋणात्मक रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४ दशलमव २३ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढेको छ । २ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ करोड ४६ लाख रुपैयाँ र अन्य इक्युटीमा ३२ करोड ७४ लाख रुपैयाँ थियो। पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक रहेको छ । पीई रेसियो ४६.९४ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।
तीन महिनामा सलिकोको नाफाबाहेक अधिकांश सूचक बढ्यो
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ । वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो । नाफा ऋणात्मक भएपनि सलिकाको अन्य अधिकाश सूचक भने बढेको छ । तीन महिनाको अवधिमा कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले वृद्धि भएको छ । तीन महिनाको अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्युटीमा ५३ करोड ९४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, पीई रेसियो १४.७६ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ ।