नेशनल लाइफको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा  ५१ करोड १ लाख रुपैयाँ थियो । क्रम्पनीको अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ४२ करोड १४ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १३.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १०.३० रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ ।   

एलआईसी नेपालको नाफा १० करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ । त्यस्तै समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.११ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले  ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिलो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको  रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा  २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको अन्य इक्युटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ थियो ।  ५ अर्ब ५० करोड शेयर पुँजी भएको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफले गर्‍यो समता एजुकेशन फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत  समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीबाट प्राप्त पाँच लाख रुपैयाँको सहयोग उक्त फाउन्डेशनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोशाक, स्टेशनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ ।  यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ । समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैरनाफामुखी संस्था हो, जसले ‘शिक्षा सबैका लागि’ भन्ने मूल नारा अनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।  संस्थाले हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा (रु. १०० प्रति महिना) शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ । हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी भइसकेको छ । कम्पनीमा करिब २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।