४.५ प्रतिशत लाभांश पारित गर्न युनाइटेड अजोडले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औं वार्षिक साधारण सभा आगामी असार ३१ गते डाकेको छ । कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको अम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशतका दरले ५२ लाख १० हजार रुपैयाँ नगद गरी कुल ४.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको जारी पुँजी वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम सभाले कम्पनीको प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्नेछ । 

यस्तै, कम्पनीको सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष  २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि वर्तमान लेखापरीक्षक जेबि राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्नेछ । 

साधारण सभा तथा लाभांश प्रयोजनार्थ असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share News