काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिने कम्पनीले जनाएको छ ।
आईएमई लाइफले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न कार्यक्रममार्फत निरन्तर योगदान दिँदै आएको छ । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप सहयोग उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
समता एजुकेशन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । आईएमई लाइफको सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचमा ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।