हिमालयन एभरेष्टको खुद बीमा शुल्क २६ प्रतिशत बढ्यो, २३ करोड नाफा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६.६० प्रतिशत बढेर २३ करोड ७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६ प्रतिशत बढेर ८९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६.५४ प्रतिशत घटेर ३६ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ, जगेडा कोष ८७ करोड ५१ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २० करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोष ५ करोड ११ लाख रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको १० हजार ४२५ (कोरोना बीमा ५ हजार ८३२) दाबी वापत १ अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा रहेको छ ।

आइजीआई प्रुडेन्सियलको एकिकृत कारोबार सुरु

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश भक्त बादे श्रेष्ठ र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) श्रवण रावल बनेका छन् । अध्यक्ष ढकालले दिउँसै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

सरकारले गरेको छैन सिंहदरबारको पनि बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले अधिकांश निकायको बीमा नगरेको बताएका छन् । बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रम उनले सरकारले यस्तो बताएका हुन् । उनले सरकारले सिहंदरबारको पनि बीमा नगरेको बताए । यस्तै, उनले आइमएई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्यारेन्सको मर्जरमा कुनै पनि कर्मचारीको गुनासो नआउनु सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । त्यस्तै, उनले बीमा कम्पनीहरुले पराम्परागत पोलिसी चलाउँदै आएका बताएका छन् । ‘पूँजी ठूलो भएर मात्रै होइन नयाँ नयाँ इनोभेटिभ प्रडक्ट ल्याउनु पर्छ, अब पर्याप्त फण्ड भएकाले नयाँ पोलिसी ल्याउनु पर्छ, बीमा कम्पनीले जोखिम लिन सक्नु पर्छ,’ उनले भने । अध्यक्ष सिवालले कतिपय कम्पनीका संचालकलाई आफ्नो कम्पनीको बारेमा जानकारी नभएको पनि बताएका छन् । संचालकहरुले आफ्नो कम्पनीको सीइओ र नीति नियम बारे जानकारी राख्नु पर्ने बताए ।