लाइफ इन्स्योरेन्सले नयाँ बिजनेसबाट उठाए २ अर्ब बढी प्रिमियम, नवीकरणबाटै १७ अर्ब संकलन

<p>काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिजनेसमार्फत २ अर्ब बढी प्रिमियम संकलन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै कम्पनीहरुले २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संलकन गरेका हुन् । नयाँ पोलिसी बिक्री गरी बढी प्रिमियम संकलन गर्नेमा [&hellip;]</p>

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिजनेसमार्फत २ अर्ब बढी प्रिमियम संकलन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै कम्पनीहरुले २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संलकन गरेका हुन् ।

नयाँ पोलिसी बिक्री गरी बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा छ । इन्स्योरेन्सले एक महिनामै नयाँ पोलिसी बिक्री मार्फत ५६ करोड ३१ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।

त्यस्तै, बढी प्रिमियम संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ र तेश्रोमा हिमालयन लाइफ छ । यी दुई कम्पनीले क्रमशः २४ करोड ३६ लाख र २० करोड ६० लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, १० करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको सूचीमा ८ कम्पनी रहेका छन् । जसमा सुर्यज्योति लाइफ, लाइफ इ. कर्पोरेशन, सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स, रिलायबल नेपाल, एशियन लाइफ र सन नेपाल लाइफ रहेका छन् । यीमध्ये सिटिजन र आइएमई लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यस्तै, रिलायबल नेपाल, एशियन लाइफ र सन नेपाल लाइफबीच पनि प्रथम बीमाशुल्क संकलनमा दह्रो प्रतिस्पर्धा देखिएको तथ्यांकले देखाउँछ ।

त्यसैगरी, मेटलाइफले ९ करोड १४ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ८८ लाख र राष्ट्रिय बीमा संस्थानले ४ करोड ३७ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । सरकारको स्वामित्वको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम प्रथम बीमाशुल्क आर्जन गरेको देखिएको छ ।

नवीकरणबाट मात्रै १७ अर्ब संकलन

सञ्चालित १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ संकलन गरेका छन् । नवीकरण शुल्कमा पनि नेपाल लाइफ नै अग्रस्थानमा देखिएको छ । नेपाल लाइफले साउनमा मात्रै ४ अर्ब ६६ करोड ६ लाख रुपैयाँ बराबरको नवीकरण शुल्क संकलन गरेको छ ।

त्यस्तै, एक अर्ब बढीको नवीकरण शुल्क संकलन गर्नेमा अन्य ४ कम्पनी रहेका छन् । जसमा राष्ट्रिय बीमा संस्थानले ३ अर्ब २९ करोड ९६ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले एक अर्ब ७५ लाख ७४ हजार र नेशनल लाइफले एक अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बीमालेख नवीकरणमार्फत उठेको छ ।

सुर्यज्योतिले ८० करोड ८४ लाख, एशियन लाइफले ७१ करोड ६४ लाख, सानिमा रिलायन्सले ५५ करोड ४८ लाख, प्रभु महालक्ष्मीले ४७ करोड २२ लाख, सिटिजन लाइफले ४३ करोड ५ लाख, मेट लाइफले ४० करोड ९ लाख, आइएमई लाइफले ३८ करोड ५२ लाख, रिलायबल नेपालले २७ करोड १५ लाख र सन नेपाल लाइफले २५ करोड ६२ लाख रुपैयाँ नवीकरण शुल्क संकलन गरेका छन् ।

Share News