काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले एक महिनामा ५ लाख ६८ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार दुई कम्पनीले साउन महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ४ सय ७४ वटा पोलिसी मार्फत सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।
जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले ४ लाख २३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ सय ५५ वटा बीमा पोलिसी बिक्री गरेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रोले एक लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीले एक महिनामा ११९ वटा पोलिसीमार्फत सो रकम बराबरको बीमाशुल्क संकलन गरेको हो ।