काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले अघिल्लो आवको यही अवधिमा ६ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४५.८९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.२५ प्रतिशतले बढेको छ ।
त्यस्तै, अवधिमा कम्पनीले १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ३०.३० प्रतिशतले बढेको छ ।
५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १५ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८५ लाख रुपैयाँ थियो ।
त्यस्तै, रिटेन्ड अर्निङमा ५१ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिसम्ममा जीवन बीमा कोषमा १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३२.८१ प्रतिशतले बढेको छ ।