नेपाल लाइफको नाफा १५ करोड ३५ लाख रुपैयाँ

अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास असोज मसान्तसम्ममा नाफाबाहेक अन्य सूचकमा सुधार देखिएको छ ।

असोजसम्ममा कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २०८२/८३ को असोजसम्ममा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २८.७४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीले १४ अर्ब ८६ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १३ अर्ब ५० करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क १०.०५ प्रतिशतले बढेको छ ।

९ अर्ब ४८ करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा १ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको असोजसम्ममा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ । असोजसम्ममा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिका कम्पनीको जीवन बीमा कोषको आकार १६.६९ प्रतिशतले वृद्धि भएको छ । 

Share News