काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार नाफाबाहेक अधिकांश सूचक बढेका छन् ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले २ अर्ब २३ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १५ दशमलव ३३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ४८ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १६.८२ प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा महाविपत्ति कोषमा २७ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा ५८ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ । आवको यही अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको नाफा भने घटेको छ । वित्तीय विवरणअनुसार असोजसम्ममा कम्पनीले १० करोड ६६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आवको यही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा २३.९० प्रतिशतले घटेको छ ।