प्रिमियममा सिटिजन, प्रभु महालक्ष्मी र आईएमई लाइफबीच प्रतिस्पर्धा, ६ कम्पनी भित्रिए अर्ब क्लबमा

<p>काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ [&hellip;]</p>

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ वटा बीमा कम्पनीहरुले कूल १९ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै सो मात्राको प्रिमियम उठाएका हुन् ।

जसमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमै छ । इन्स्योरेन्सले एक महिनामा ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । प्रिमियम संकलनमा पहिलो स्थानमा रहेको कम्पनी जारी बीमालेखको आधारमा भने सातौं स्थानमा छ ।

प्रिमियम संकलनमा सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यी तीन कम्पनीले एक महिनाको अवधिमै ५२ करोडदेखि ५८ करोड रुपैयाँसम्मको प्रिमियम संकलन गरेका छन् । जसमध्ये सिटिजन लाइफले सबैभन्दा बढी अर्थात ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख र आईएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जारी बीमालेखमा भने यी कम्पनी क्रमशः तेश्रो, १३औं र नवौं स्थानमा छन् ।

कुनले कति उठाए ?
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रिमियम संकलनमा दोश्रो स्थानमा छ । इन्स्योरेन्सले साउनमा मात्रै ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

सञ्चालित कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले एक महिनामै एक अर्ब बढी प्रिमियम उठाएको छ । जसमा नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, लाइफ इ. कर्पोरेशन (नेपाल), नेशनल र सुर्यज्योति लाइफ रहेका छन् ।

सबैभन्दा कम प्रिमियम संकलन गर्नेमा सन नेपाल रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ३५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

जारी बीमालेखको अधारमा मेट लाइफ अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले एक महिनामै ४ लाख ५५ हजार ९७६ वटा पोलिसी जारी गरेको छ । र, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । जसले साउनमा ७ सय ३८ वटा बीमापोलिसी बिक्री गरेको छ ।

Share News