वैदेशिक रोजगार बीमालेखबाट १० कम्पनीले उठाए साढे २४ करोड प्रिमियम

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट २४ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये १० वटा कम्पनीले सो मात्राको प्रिमियम उठाएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनसम्ममा १० वटा कम्पनीले कूल ५८ हजार ८ सय वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरी [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट २४ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये १० वटा कम्पनीले सो मात्राको प्रिमियम उठाएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनसम्ममा १० वटा कम्पनीले कूल ५८ हजार ८ सय वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरी २४ करोड ६९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जसमा नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ रहेका छन् ।

जसमध्ये सन नेपाल लाइफले सर्वाधिक बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक महिनामै ५ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम वैदेशिक रोजगार पोलिसी बिक्री गरी आर्जन गरेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले मात्रै बीमितहरुमा १३ हजार ७ सय ३३ वटा पोलिसी बिक्री गरेको हो । उक्त संख्या अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो ।

त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको दोश्रो स्थानमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले एक महिनामा १२ सय १७० वटा बीमा पोलिसी बिक्री गरी कूल ५ करोड ५३ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ ।

आइएमई लाइफले ३ करोड ३८ लाख, सूर्यज्योतिले २ करोड १५ लाख, रिलायबल नेपालले १ करोड ७९ लाख, नेशनल लाइफले १ करोड ७८ लाख, सानिमा रिलायन्सले एक करोड ६७ लाख, सिटिजन लाइफले एक करोड ४८ लाख, एशियन लाइफले एक करोड १५ लाख र प्रभु महालक्ष्मी लाइफले ३ लाख ४४ हजार रुपैयाँ बरारबको प्रिमियम वैदेशिक रोजगार बीमालेख बिक्री गरी संकलन गरेका छन् ।

सन नेपाल लाइफले सर्वाधिक बीमालेख जारी गर्दा प्रभु महालक्ष्मीले सबैभन्दा कम पोलिसी जारी गरेको छ । सन नेपालले १३ हजार ७३३ वटा, नेपाल लाइफले १२ हजार १७० वटा, आइएमई लाइफले ८ हजार ४५८ वटा, सुर्यज्योतिले ५ हजार १५४ वटा, रिलायबल नेपाल लाइफले ४ हजार ३३२ वटा, सानिमा रिलायन्सले ४ हजार १५८ वटा, नेशनल लाइफले ४ हजार २७९ वटा, सिटिजन लाइफले ३ हजार ६२७ वटा, एशियन लाइफले २ हजार ८०८ वटा र प्रभु महालक्ष्मी लाइफले ८१ वटा बीमालेख वैदेशिक रोजगारमा जाने बीमितहरुलाई बिक्री गरेका छन् ।

Share News