सानिमा जिआईसीको नाफा १०३ प्रतिशत बढ्यो, दाबी भुक्तानीमा छलाङ
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०३ प्रतिशत बढेर २१ करोड ३२ लाख ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शल्क ११४.४१ प्रतिशत बढेर ४७ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७४.२४ प्रतिशत बढेर १८ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ३० करोड ७७ लाख रुपैयाँ, बीमा कोष ३९ करोड ३२ लाख रुपैयाँ र माहाविपत्ति कोष ३ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ३१.६६ गुणा रहेको छ ।
नेपाल लाइफको नाफा साढे ४४ करोड, डेढ खर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा धनात्मक रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक थियो । चेत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३.२३ प्रतिशत बढेर २६ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.५० प्रतिशत बढेर ११ अर्ब ८२ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १० अर्ब ६० करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । तेस्रो त्रैमासमा कम्पनीको कूल बीमाशुल्क आर्जन ३.०९ प्रतिशत बढेर २७ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोहि अवधिमा २६ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । आकर्षित प्रतिफल, समयानुकुल बजार प्रबद्र्धन रणनीति बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण बजार हिस्सा ओगटेको कम्पनीले बताएको छ । यस अवधिमा कम्पनले कूल दाबी भुक्तानी १० अर्ब ९५ करोड ३५ लाख रुपैयाँ गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको बताएको छ । कम्पनीले १ खर्ब ६२ अर्ब २८ करोड ८ लाख रुपैयाँ सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ३५ अर्ब १५ करोड २८ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्षको तुलनामा २० प्रतिशत लगानी बढाएको हो । सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ४८ करोड ६७ लाख ७४ हजार रुपैयाँ, जीवन बीमा कोष १ खर्ब ५७ अर्ब १६ करोड ९१ लख रुपैयाँ महाविपत्ति कोष ८३ करोड ३७ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९३.१९ गुणा रहेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले गर्यो प्राण घातक रोग विरुद्धको १० लाख रकम दाबी भुक्तानी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँ बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर रोग पहिचान भएको हो । बीमा पोलिसी खरिद गर्दा निज बीमत गौचनले प्राण घातक रोगहरुविरुद्घको १० लाख रुपैयाँ रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् । बीमतले घातक रोग विरुद्वको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको दुई दिनमै उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ए प्रमुख श्री पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन , जीवन भट्टचन लागाएतको उपस्थीतिमा उक्त दाबी रकम बीमित रन्जु गौचनको घरमै पुगेर हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमित गौचनले ‘प्रभु लाइफ इन्स्योरेन्सले बीमितलाई सहज र सरल तरिकाले दुई दिनमै दाबी भुक्तानी दिएकोमा आफ्नो क्यान्सर रोगको उपचारको लागि १० लाख रुपैयाँ रकमले धेरै सहयोग गरेको भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपममा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने’ बताए । त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले ‘बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको’ बताए ।