माछापुच्छ्रे बैंकले ल्याउँदै नेपालपे कार्ड, डिस्कभर र आरयूपे कार्ड पनि चल्ने
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे । एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस ) सँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकह?का लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र आरयूपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछ । पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकह?लाई जारी समेत गर्नेछ । एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट सुरू गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डह? पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । एनसीएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाह?ले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरूले कार्ड इस्यू गर्न सुरू गरिसकेका छन् भने तीनवटा कमर्सियल बैंकले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन् । नेपालका अग्रणी बैंकहरूमध्येको माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकहलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रूपान्तरण गर्दै आइरहेको छ । देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाख भन्दा बढी कार्डहोल्डर ग्राहक रहेका छन् ।
४ प्रतिशत बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता ९.९० प्रतिशत
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४.०६ प्रतिशत बढेर ९ करोड ६२ लाख १८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६७ प्रतिशत बढेर २२ करोड १५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १३ करोड २६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ करोड ८२ लाख रुपैयाँ, कसल सञ्चालन आम्दानी २५ करोड ५७ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा १३ करोड ७४ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ३ लाख ३० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, २ करोड ४४ लाख २९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १३ करोड २० लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ९.९० प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ र लाभांश क्षमता १०.६५ प्रतिशत थियो । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ८ अर्ब ५८ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड ९० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ३१.८८ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ र कर्जा ३२.२६ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बढाएको हो । बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३९.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९ गुणा छ । समीक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्ष ०.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैतमा ०.४८ प्रतिशत झारेको छ । चैतसम्म बैंकको आधार दर ६.०५ प्रतिशत छ ।
कृषि विकास बैंकमार्फत सम्सारा रेमिटको सेवा देशभर विस्तार हुने
काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको उपस्थिति रहेको थियो । सम्झौताअनुसार विदेशबाट पठाइने रेमिट्यान्स रकम अब कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ । यसबाट रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकले छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । रियल टाइम एपीआई प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालसँगको सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।