मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्। 

बैंकको सञ्चालक समितिको बिहीबार (वैशाख ३) मा बसेको ३७१ औं बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मानन्धरको कार्यकाल आगामी २०८३ जेठ १ गतेबाट लागू हुने बैंकले जनाएको छ ।

हाल बैंकमा कार्यरत सीईओ प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुने भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । 

मुक्तिनाथ विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो । 

Share News