अर्ब नाफा कमाउने बैंक एक वर्षमै दोब्बर, कतिपय बैंक मर्जरपछि अर्ब नाफामा

काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर दोब्बर भएको छ । नाफा गर्नेमा अधिकांश मर्जरपछि एक भएका बैंकले अर्ब भन्दा बढी नाफा कमाएका देखिएको छ । बैंकमा तरलता (लगानी योग्ग पूँजी) थुप्रियो लगानी हुन सकेन, लगानीका बाटो खुम्चिए भनेर बैंकले नै गुनासो गरिरहेको अवस्थामा अर्बभन्दा बढी नाफा कमाउने बैंक थपिदैँ गएका छन् । गएको वर्ष सरकारी स्वामित्वका तीन वटा र निजी क्षेत्रका दुई वटा बैंकले अर्बभन्दा बढी नाफा कामाएका थिए । अर्ब नाफा कमाउने बैंकको संख्या एक दर्जन पुगेको छ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड गएको वर्ष तीन अर्ब नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेको छ । अर्बभन्दा बढी नाफा माउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नेपाल एसबीआई, सिद्धार्थ, एनएमबी, प्राइम कमर्सियल, एनआइएसी एसिया, नबील, कृषि विकास, हिमालयन, ग्लोवल आइएमई, स्याण्डर्ड चार्टड, नेपाल बंगलादेश, प्रभु, सिटिजन्स र सानिमा बैंक रहेका छन् । समाचार स्रोतः अन्नपूर्ण पोष्टबाट ।

निरज श्रेष्ठले सम्हाले माछापुच्छ्रे बैंक, को हुन श्रेष्ठ ?

काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले कार्यभार सम्हालेका छन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । श्रेष्ठको कार्यकाल भने आज अर्थात असोज २८ गतेबाट सुरु भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम कार्यकाल सकिएपछि श्रेष्ठलाई सिइओ नियुक्त गरिएको थियो । को हुन निरज श्रेष्ठ ? श्रेष्ठले सन १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक(हालको स्ट्याण्डर्ड चाटर्ड बैंक)बाट बैंकिङ करिअर आरम्भ गरेका हुन् । ग्रीनलेज हुँदै स्ट्याण्डर्ड चाटर्ड बैंकसम्म आईपुग्ग्दाले सो बैंकमा १३ बर्षसम्म काम गरे । श्रेष्ठले एस फाइनान्समा करिब ३ वर्षसम्म काम गरे । त्यसपछि उनी तत्कालिन एनआइसी बैंकमा जोडिन पुगे । जीएमका रुपमा एनआइसी बैंकमा नौ बर्षसम्म काम गरेका श्रेष्ठले पछिल्लो पटक ग्लोबल आइएमई बैंकमा जोडिन पुगेका थिए ।श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । ५१ बर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

दसैंमा बाँडियो ५८ अर्बका नयाँ नोट, साना नोटमात्र ९ अर्ब नौ करोडका

काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा उक्त मूल्यका नयाँ नोट साटिएको हो । राष्ट्र बैंकका सह प्रवक्त राजेन्द्र पण्डितका अनुसार दसैंको लागि बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सयका र एक हजारका नोट छन भने बाँकी नौ अर्ब साना नोट हुन । बैंक तथा वित्तीय संस्थाले बजारमाा पठाएका यी नोट तिहारपछि बैंकमा नै फिर्ता आइसक्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ । नेपालको अर्थतन्त्रको आकार अनुसार हाल बजारमा प्रवाह भएका नोटको हिस्सा सानो भएकोले यसले मुल्यबृद्धि नगर्ने उल्लेख छ । हाल नेपालको अर्थन्त्रको आकार साढे २२ अर्बको रहेको छ ।