५ प्रतिशत ब्याजदरमा ५ अर्बको रिपो अक्सन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैंया बराबरको रिपो बिक्री गरी बैंकिङ तरलता प्रशोचन गर्ने भएको छ । बैंकले दुई हप्ता अवधिको उक्त रिपो बुधबार ३ बजे अक्सन गर्ने भएको हो । उक्त रिपो फागुन २९ गते परिपक्व हुनेछ । उक्त अक्सनमा ५ प्रतिशतको निश्चित ब्याजदर तोकिएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागु गरेसँगै ५ प्रतिशतको नीतिगत दरमा रिपो बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले हाल ३.५ प्रतिशत न्यूनतम र ६.५ प्रतिशत अधिकतम ब्याजदर सहितको स्थिर प्रकृतिको ब्याजदर करिडोर लागु गरेको छ । माथिल्लो सीमामा राष्ट्र बैंकले स्थायी तरलता सुविधा उपलब्ध गराउँछ भने तल्लो सीमामा बजारबाट तरलता खिच्ने काम गर्छ । हाल औसत भारित अन्तरबैंक ब्याजदर ५ प्रतिशतको निन्दुबाट उकालो लागेसँगै नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको हो ।

महालक्ष्मीले गर्यो सरसफाई र बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।

एनसीसी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि (वशुुन्धरा)बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चिरायु मेडिकल ईन्स्टिच्युटका तर्फवाट संचालक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले चिरायु मेडिकल ईन्स्टिच्युटका सेवामा विशेष छुट पाउने छन् । बैंकका ग्राहकले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त छुट पाउने छन्