कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा, ‘पहिलो विकास बैंक बन्ने दिन धेरै टाढा छैन’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले भिसा डेबिट कार्डको औपचारिक उद्घाटन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृृत प्रविण बस्नेतले अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन् । डेबिट कार्ड सेवा सुरु गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्ने समेत सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने दाबी गरे । बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गर्दै कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो बन्ने दिन धेरै टाढा नभएको बताए ।

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ । देशका अधिकांश विद्यार्थीले पठन पाठन गर्ने नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र देशको पहिलो बैंक नेपाल बैक लिमिटेड बीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले जनाएका छन् ।

सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(बिएफआईएन)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंककाकर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ । बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।